शुक्रबार, बैशाख ७, २०८१

पशुपन्छीबाट पनि सर्न सक्छ कोरोना ? वास्तविकता के हो । हेर्नुस् भिडियो

काठमाडौं, चैत । लामो समयदेखि कोरोना भाईरसको संक्रमणले विश्वभर महामारी निम्त्याईरहेको छ । कोरोना भाईरसको संक्रमणका लागि विश्वमा मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ । नेपालमा भने कोरोना संक्रमितको संख्या ९ जना भएपनि एक जना उपचार पछि घर फर्किसकेका छन् भने वाँकीको उपचार हुँदै छ केही दिनमा नै उनीहरु पनि निको भएर घर फर्कन तयारीमा छन् ।

यद्यपी नेपालमा कोरोना भाईरस संक्रमण पशुपन्छीबाट पनि हुन सक्ने हल्ला फैलिएको छ । विशेष गरी कोरोना संक्रमणबाट बच्ने उपायमा पशुपन्छीबाट टाढा रहने उल्लेख गरिएका कारण नेपाली पशुपन्छी व्यवसायमा संलग्नहरुमा मनोबैज्ञानिक असर परिरहेको छ ।

कोरोना संक्रमणबाट बच्ने उपायमा पशुपन्छीबाट टाढा रहुन भन्नुको मतलव पशुपन्छीबाट पनि कोरोना सर्न सक्छ भन्ने आम बुझाई देखिएको भएपनि वास्तविकता भने त्यस्तो होइन । पशुपन्छीबाट मानिसमा अहिलेसम्म कोरोना संक्रमण भएको फेला परेको छैन भने पशुपन्छी जन्य उत्पादनको उपभोग गर्दा पनि कोरोना सर्दैन । यसै सन्दर्भका हामीले लामो समयदेखि पशुपन्छीको उपचारमा संलग्न रहनु भएका पशुपन्छी विकास मन्त्रालयका सह प्रवक्ता एवं पशु चिकित्सक डा रशेम ज्ञवालीसँग कोरोना संक्रमणका विषयमा गरिएको भिडियो कुराकानी :

प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७६