शनिबार, बैशाख ८, २०८१

कोरोना भाइरस: सूचनामा भ्रम पर्दा पशुपन्छी व्यवसाय धरासायी हुने अवस्थामा

काठमाडौं, चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभरका मुलुक आआफ्नो ढगले अगाढि बढिरहेका छन् । यो अवस्थामा नेपाल सरकारले पनि अत्यन्तै कठिनका साथ महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

तर, कोरोना भाइरस संक्रमणका कारणहरको पशुपन्छीको मासुको उपयोग सम्वन्धी सूचनामा आम उपभोक्ताहरुलाई भ्रम पर्दा अहिले पशुपन्छी व्यवसायीहरु तनावमा देखिएका मात्र होइन, यो व्यवसाय नै धरापमा पर्ने अवस्था देखिएको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि पशुपन्छीका मासु राम्रोसँग पकाएर मात्र खाने भन्ने सन्देशलाई गलत अर्थ लगाउँदा अधिकांशले मासुबाट पनि कोरोन सर्दछ कि भन्ने गलत अर्थ बुझेका कारण भ्रम पैदा भएका कारण अहिले बजारमा मासुजन्य उत्पादनको विक्री निकै नै घडी सकेको छ ।

कतिपय जिल्लाहरु कुखुरा व्यवसाय गरिरहेका व्यवसायीहरुले खाल्डो खनेर कुखुरा गाँड्न थालिसकेका छन् । भाईरसको संक्रमणबाट बच्नका लागि पोषण युक्त बस्तुहरु प्रशस्त उपभोग गर्नु पर्ने हुन्छ । जुन तत्व पशुपन्छीबाट उत्पादिन माछा मासु, दूध, अण्डा लगायतबाटै पाईने चिकित्सकहरुको भनाई छ ।

यद्यपी सूचनमा भ्रम पर्दा अहिले पशुपन्छी पालन व्यवसाय निकै अप्ठेरो परिस्थितिमा पुगेको देखिन्छ ।
मुलुक कोरोन संक्रमण न्यूनिकरण गर्नका लागि लकडाउनको अवस्थामा रहेका बेला भ्रमपूर्ण देखिएका सूचनालाई सम्वन्धित सरोकारवाला निकायहरुले स्पष्ट पारेर उपभोक्तालाई जानकारी दिनु पर्नेमा त्यसो हुन भने सकेको देखिँदैन ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६