शनिबार, बैशाख ८, २०८१

दुग्ध विकास संस्थानको महाप्रवन्धकमा रुद्रप्रसाद पौडेल बोर्डमा यादव नियुक्त

काठमाडौं, फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मातहतमा रहेको दुग्ध विकास संस्थान र राष्ट्रिय दुग्ध विकास बोर्डले लामो समय पश्चात कार्यालय प्रमुख पाएको छ ।

दुग्ध विकास संस्थानको महाप्रवन्धकमा रुद्रप्रसाद पौडेल नियुक्त भएका छन् । भने राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्र प्रसाद यादव नियुक्ति भएका छन् । त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा विष्णु भट्टराई नियुक्ति भएका छन् ।

विगतमा राजनीतिक रुपमा नियुक्ति गरिने यी तिनै निकायका यो पटक भने खुल्ला प्रतिष्पर्धाका माध्यमबाट कार्यालय प्रमुख नियुक्ति गरिएको हो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २८, २०७६