शुक्रबार, चैत्र १६, २०८०

पशु आहारका रुपमा रहेको गुणस्तरहीन दानाका कारण किसान मारमा

काठमाडौं, फागुन । पशु आहारका रुपमा पछिल्लो समय दानाको प्रयोग निकै नै बढ्दै गईरहेको देखिन्छ । दानाको प्रयोगसँगै दानामा मिसावट गरिने रासायनिक बस्तुहरुको पनि गुणस्तरताको कुरा उठ्नु पर्ने हो तर त्यो हुन सकिरहेको छैन ।

जसका कारण पशुका लागि अति उपयोगी हरियो घाँस उत्पादन भन्दा पनि किसानहरुलाई दाना तर्फ आकर्षित गर्ने व्यापारीहरुले गुणस्तरहीन दाना विक्री गरिरहेका छन् । पशुका लागि आवश्यक दाना उत्पादन गर्ने दाना व्यवसायीहरुले गुणस्तरलाई ख्याल नै नगरी दाना उत्पादन र विक्री वितरण गर्दा पनि यसप्रति खासै चासो दिएको पाइएको छैन ।

पछिल्लो समयमा चरनको अभाव खेपिरहेका किसानहरुका लागि पशुको लागि दैनिक उपभोग्य सामग्रीका रुपमा दानालाई प्रयोग गर्न त थालेका छन् तर, त्यसको गुणस्तरका बारेका जानकारी नभएका कारण पशुहरुमा विभिन्न खाले रोगहरु समेत देखा पर्न थालेको छ ।

सरकारले पशुपालनमा किसानहरुलाई आकर्षित गरी दुधमा आत्मनिर्भर हुने भनि हल्ला गरिरहेका समयमा पशुका लागि दैनिक आवश्यक दानाको गुणस्तर चेक जा“च नियमित गर्नु पर्दछ कि पर्दैन ? यसको दायित्व कस्को हो ? बजारमा बेच्न राखिएका दानाको गुणस्तरमाथि यतिखेर प्रश्न उठाउने ठाउ“ प्रशस्त देखिन थालेको छ । पछिल्लो समयमा दाना उत्पादन गर्ने उद्योगहरु जतिको संख्यामा थपि“दै गईरहेका छन् त्यही आधारमा उद्योगहरुले उत्पादन गरेका दानाको गुणस्तर तर्फ पनि सम्वन्धित निकायले निगरानी बढाउनु पर्दछ ।

गाईभैसी, भेडाबाख्रा, बंगुर माछा के का लागि दाना उत्पादन भएको छ र अहिले बजारमा कुन पशुपंछीका लागि प्रयोग भईरहेको छ भन्ने कुरा पनि नियमन गर्ने निकायले हेर्नु पर्ने थियो तर हेर्न सकेको देखि“दैन ।

त्यसैका कारण पनि दाना उद्योगहरु माथि किसानहरुले प्रश्न उठाउन थालेका छन् । दाना उद्योगहहरुले उत्पादन गरेका दाना गुणस्तरहीन छन् जसले पशुपंक्षीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ र रोगहरु निम्त्याईरहेको भन्ने किसानहरुको गुनासो समेत सुनिदिने निकाय छैन । यसप्रति जिम्मेवार हुनु पर्ने को हो ? किसानहरुले उजुरी गर्ने ठाउ“कहा“ हो ? अन्योलता छ ।

अनि पशुपंक्षीहरुका लागि दाना उद्योग स्थापना गर्ने व्यवसायीहरुले पनि किसानका पक्षमा र गुणस्तरीय दाना उत्पादन गरी विक्री वितरण गर्नु पर्ने देखिन्छ । अन्यथा दाना उद्योग संख्यात्मक रुपमा त बृद्धि होला तर गुणात्मक रुपमा बृद्धि हुन नसक्दा विदेशी दाना उद्योगहरुले नै मस्ती नगर्लान् भन्न सकिँदैन ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २६, २०७६