शुक्रबार, चैत्र १६, २०८०

मन्त्रीको धज्जी उडाउने सचिवको एक पछि अर्को कर्तुत सार्वजनिक हुँदै

काठमाडौं, पुस । नियम कानून के छ र कसरी चल्नु पर्दछ भन्ने कुरा जानकारी गराउनु पर्दछ मन्त्रालयका सचिवहरुले मन्त्रीहरुलाई । मन्त्रीहरुले कानूनलाई उल्लंघन गर्ने किसिमका निर्णय गर्दैछन् भने पनि सजग गराउने जिम्मेवारी सचिव कै हो ।

तर, कृषि विकास मन्त्रालयका सचिवमा भने त्यस्तो कुनै लक्षण नै देखिँदैन । निकै क्रान्तिकारी गफसँगै जनताका पक्षमा वकालत गर्ने कृषि मन्त्री घनश्याम भूसाल यतिखेर कृषि तथा पशुपन्छी विकास मन्त्री छन् । एक महिना लामो समय नहुँदै मन्त्री विवादमा तानिएका छन् सचिव युवकध्वज जिसीका कारणले ।

मन्त्री विवादमा तानिनुको अर्को कुनै कारण नभएर संस्थानमा रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्नका लागि गरिएको सार्वजनिक सूचना रद्द गर्नु नै रहेको छ । मन्त्रीले पद सम्हाले लगतै सार्वजनिक सूचना प्रकाशन गरेर बोर्ड संस्थानका पदाधिकारी नियुक्ति गर्न खोजेपनि अहिले दुग्ध विकास संस्थानको अध्यक्ष पदको सूचनालाई भने रद्द गरिएको छ ।

दुग्ध विकास संस्थानको अध्यक्ष पदक किन खोलियो र किन रद्द गरियो भन्ने प्रश्न यतिखेर चर्चाको विषय बनिरहेको देखिन्छ । हुन त अहिलेका कृषि मन्त्री विचरा तर विद्धान छन् । उनलाई असफल बनाउनका लागि उनकै गाउँले पर्ने पिएचडी धारी सचिव युवकध्वज जिसी पनिसँगै छन् ।

उनै विश्वास पात्रका रुपमा रहेका जिसीले कृषि मन्त्री भूषालको धज्जी उडाउन शुरु गरेको पहिलो उदाहरण हो दुग्ध विकास संस्थानको अध्यक्ष पदको सूचना रद्द गर्नु । हुन त सो जिम्मेवारी मन्त्रालयका दुई सचिव मध्य पशु सेवा तर्फका सचिव प्रकाश माथेमाको जिम्मेवारीमा पर्दछ । तर माथेमा पशुपन्छी विकास मन्त्रालयमा नाम मात्रका सचिव हुन् सवैकाम कृषि तर्फका जिसीले नै गर्दै आईरहेका छन् ।

सरकारी संस्थानको ऐन नियमअनुसार अध्यक्ष खुल्ला गर्न नमिल्ने भएपनि हतारमा मन्त्रीको धज्जी उडाउनका लागि सूचना प्रकाशन गरियो र फेरि रद्द गर्न लगाईयो । सरकारी रकम खर्च गरेर सूचना गर्न लगाउने र फेरि रद्द गर्न लगाउने अर्को सूचना प्रकाशन गर्न लागेको रकम कसले व्यहोर्ने ? मन्त्री घनश्याम भूसालले बुझेका छन कि बुझेर पनि बुझ पचाईरहेका छन भन्ने प्रश्न नेकपा भित्र अहिले चल्न थालेको छ । नेकपा भित्रका निकै कडा स्वभावका नेताका रुपमा चिनिएका भूसाललाई कृषि क्षेत्रमा पञ्च ज अर्थात (जहाँ पनि, जहिले पनि, जो सुकैसँग पनि, जसरी पनि, जति पनि रकम खाने) सचिवका रुपमा चर्चित युवकध्वज जिसीले पासोमा हाल्ने काम गरेका छन् ।

तत्कालिन कृषि मन्त्री चक्रपाणी खनाललाई सहयोग गरेकै कारण उनी मन्त्रीपदबाट हटे । चक्रपाणीले सचिवले लामो हात गरेका ठाउँहरु रोक्न खोजेपछि उनी प्रधानमन्त्रीका निकट व्यक्तिहरुसँग उठवस गर्दै खनालका विरुद्ध लागेका थिए । कृषि सचिव युवकध्जव जिसीले अवकासको मिति नजिकिदै गर्दा कमाउ धन्दामा लाग्न नपाउने अवस्था आएपछि चक्रपाणीका विरुद्ध लागेका थिए । सचिवले पाँच लाखको सूचना साम्रगी देखि पाँच अर्वको राशायनिक मलको खरिदमा बढी नै चासो दिएको बुझिएको छ । आफनै सालो दानबहादर जीसी मार्फत कृषिका सूचना हत्याउने र मल खरिद जस्ता विषयमा दुत बनाएर पठाउने काम विगतदेखि नै गदै आएका थिए । यनदृ कृषिका सबै आयोजना र मालदार अड्डामा पाइ भिडियो रजगज चलेको दुई वर्ष नागेको छ ।
आयोजना प्रमुखलाई सहयोग नगरे कार्यसम्पादन मूल्यांकन कटौती गर्न धम्की दिने गरेको एक सहसचिवले गुनासो गरे । त्यत्तिमात्र होइन आफ्नै सचिवालयमा रहेका शाखा अधिकृतलाई तथानाम गाली गर्दै त्यहाँबाट हटाएर करारमा आफन्तलाई जागिर समेत ख्वाएका छन् । मन्त्रालय मातहतका संस्थानमा मात्र होइन अहिले आफनै सचिवालयमा समेत वर्षौ काम गरेका कर्मचारीलाइ हटाई आफना साली पर्नेलाई राखेको छन् ।

सचिवजस्तो गरिमामय पदमा पुगेका जिसी सचिव रहँदा सम्म मन्त्रालय झन लथालिङ हुने र जोसुकै मन्त्री आएपनि अफसल हुने टिप्पणी मन्त्रालयमा व्याप्त छ । अहिलेका कृषि मन्त्री घनस्याम भुषाललाई समेत चिप्लो कुरामा फसाईसकेको मन्त्रालयमा कार्यरत कर्मचारीले बताए । यी सचिव रहे घनश्याम भुषाले पनि तीन महिनामा चक्रपाणी खनाल हुने र आफूले पेन्सन नपाउने भन्दै कमाउ कार्यक्रममा सचिव लागेको निकटस्तहरु बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७६