शुक्रबार, चैत्र १६, २०८०

आफ्ना कर्तुत लुकाउन ‘सूर्यलाई हत्केला’ छेक्ने प्रयास गर्दै कृषि सचिव

काठमाडौं, पुस । सरकारी उच्च कर्मचारीहरु आफ्ना कर्तुतहरु लुकाउन कतिसम्म हर्कत गर्न सक्छन् भन्ने कुराको पुष्टि गरेका छन् पिएचडी धारी कृषि सचिव युवकध्वज जिसीले ।

कृषि क्षेत्रमा नै ‘पञ्च ज’ का उपाधी पाएका सचिव जिसीले गरेका कालाकर्तुतहरु प्रकाशन गर्ने कृषि अनलाईनका विरुद्ध उनी यसरी उत्रिएका छन् कि मन्त्रालय भित्र कृषि अनलाईन खुल्दै नखुल्ने गरी सर्भरबाट नै वन्द गर्न लगाएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि अनलाइन नखुल्ने भएपछि धेरै भन्दा धेरै पाठकहरुले गुनासो गरेपछि सो विषयमा खोजी गर्दा मन्त्रालयको वाईफाई र कुनै पनि कम्प्यूटर एवं ल्यापटपमा कृषि अनलाईन नखुल्ने बनाउन सूचना प्रविधि शाखालाई निर्देशन दिएका थिए ।
सचिव जिसीको निर्देशन पछि विगत ४ महिना भन्दा अगाडिदेखि कृषि अनलाईन मन्त्रालयको सर्भरबाट नखुल्ने बनाइएको छ । तर कर्मचारीहरुले कृषिको समाचार हेर्नका लागि आफ्नो डाटा खोलेर भएपनि कृषि अनलाइन हेर्ने गरेको बताउँछन् ।

विषयगत रुपमा कृषिका मात्र समाचार प्रकाशन गर्दै आईरहेको नेपालको पहिलो डिजिटल समाचार पत्रिका कृषि अनलाईन मन्त्रालय भित्र नखुल्ने गरी बन्द गर्न खोज्नु भनेको ‘सूर्यलाई हत्केलाले छेक्नु’ जस्तै हो भन्ने विर्षिएछन् विचरा पिएचडी धारीले ।

रामपुर क्याम्पसमा पढाउँदा पढाउँदै प्राविधिक तर्फ सहसचिवमा छड्के प्रवेश गरेका जिसीले कृषि सेवामा प्रवेश गरेदेखि नै आफूलाई भ्रष्टमतिका रुपमा सक्रिय गराएका थिए । कृषिमा देखिएको भ्रष्टाचार र वेथितिमा प्रत्यक्ष संलग्न हुने जिसीलाई खवरदारी गर्ने काम अनलाइनले गरेकै कारण उनले मन्त्रालयमा सरर्भर बन्द गराएको पुष्टि भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सूचना प्रविधि हेर्ने शाखाले आफूहरुले सर्भर नहर्ने भएको र सम्पूर्ण जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्रले नै हेर्ने भन्दै उतै गएर बुझ्न बताएका थिए ।
मन्त्रालयका व्यक्तिले गरेको यस्ता गलत कार्यलाई निरुत्साहित गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रमा गएर जानकारी लिँदा त्यसरी साईट वन्द गर्ने काम मन्त्रालय भित्रैबाट भएको र केन्द्रबाट त्यसरी सञ्चारसँग सम्वन्धित समाचार साईट कुनै पनि नियमले वन्द गर्न नमिल्ने जानकारी दिए । सरकारी साईटको जिम्मेवारी लिएका केन्द्रका इन्जिनियर त्रिदेव यादवले कुनैपनि व्यक्तिको साईट आफूहरुले बन्द गर्ने नगरेको बताए ।
कसरी एउटा मन्त्रालय भित्र मात्र साईट वन्द हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘ मन्त्रालयकै आईटि हेर्ने व्यक्तिलाई कसैले दवाव दिएमा साईटको ‘आईपि’ बन्द गरेको हुन सक्ने बताए । तर त्यो पूर्णत ः गैरकानूनी कार्य रहेको उनको भनाई थियो ।

भ्रष्टमतिका कृषि सचिव जिसीले मन्त्रालयका कर्मचारीहरुले कृषि अनलाईनमा आउने मन्त्रालयका विकृति हेर्न नपाउन भन्ने सोच र आफ्ना कर्तुत लुकाउने प्रयास निरर्थक रहेको छ । प्रत्येक कार्यक्रमको मन्तव्य दिँदा आफू सचिवबाट अवकाश प्राप्त हुँदा पेन्सन नहुने भएकाले साथीहरुले बुझेर काम गर्न निर्देशन समेत दिँदै आईरहेका छन् ।

पेन्सन नहुने र बुझेर काम गर्न भन्नुको तात्पर्य काम गर्दा कमिशन आफूलाई निरन्तर पाउने अभिलाषा बोकेर सरकारी तलव खाईरहेका छन् सचिव जिसीले । सचिवले मन्त्रालयमा अनलाइन नखुल्ने गरी सर्भर वन्द गर्ने गरी दिएको निर्देशन प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै अनलाइन सञ्चालकले उजुरी हाल्ने तयारी गरिरहेका छ ।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७६