बिहिबार, चैत्र १५, २०८०

हयाचरी संघका अध्यक्षनै चल्ला मार्न हिडेपछि

काठमाडौं, पुस । ह्याचारी संघका अध्यक्ष नै चल्ला मार्न हिडेपछि अहिले चितवनका केही ह्याचरी सञ्चालकहरु रुष्ट बनेका छन् । ह्याचरी संघको नाममा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्दै आईरहेका अध्यक्ष टिकाराम पोखेरल सहितका व्यक्तिहरु अहिले आफ्नो सिण्डिकेट जर्वजस्ती लाद्ने प्रयास गरिरहेका छन् ।
अध्यक्ष पोखेरलले संघका नाममा एकलौटी निर्णय गर्दै आफू निकट पदाधिकारीहरुलाई सक्रिय गराएर कुखुराका अण्डा चल्ला नष्ट गर्दै हिडेका छन् । विगतदेखि नै विवादित र नक्कली काम गर्दै आईरहेका पोखरेलको दादागिरी विरुद्ध अहिले केही ह्याचरी उद्योगीहरुले सार्वजनिक रुपमा नै अभिव्यक्ति दिन थालेका छन् । ब्रोइलर कुखुराको मूल्य बृद्धि गर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने उदेश्यले १० दिनसम्म कुनै पनि ह्याचरीले कुखुराको चल्ला उत्पादन गर्न नपाउने निर्णय पोखरेलले गरेका थिए ।
संघका नाममा जर्वजस्ती गरेको निर्णय विरुद्ध चितवनका केही ह्याचरीले चल्ला उत्पादन गर्दै आईरहेका छन् । कोइलर चल्ला उत्पादन गर्दै आईरहेको बुढानिलकण्ठ व्रिडर्स र्फाममा सञ्चालक देवेन्द्र श्रेष्ठले व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्ने ह्याचरी संघका अध्यक्ष, पोल्ट्री व्यवसायी संघका उपाध्यक्ष समेत रहेका पोखरेले गुण्डागर्दी शैलीमा केही ह्याचरीहरुमा गएर तोडफोड समेत गरेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६