शनिबार, बैशाख ८, २०८१

दुईघण्टा पत्रकारलाई कुराएर मन्त्रीले भने ‘कृषि बुझेकै छैन’

काठमाडौं, मंसिर । आईतबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले पत्रकारलाई मन्त्रालयमा बोलाए र दुईघण्टा पर्खन लगाएर छोटो भेटघाट भन्दै भने, ‘मैले कृषि बुझेकै छैन’ । मन्त्री बन्नु भन्दा अगाडिसम्म मिडियामा निकै चर्का भाषण गर्ने मन्त्री भूसालले पहिलो भेटमा नै करीव ढेडदर्जन पत्रकारलाई कुराए । मन्त्रीले लामोसमयसम्म कुराएपछि केही पत्रकार त मन्त्रीको पहिलो भेट नै असफलताको संकेत हो भन्दै बाहिरिए ।

कृषि मन्त्रीले अहिले पारदर्शिका लागि बोर्ड तथा सस्थानका रिक्त पदमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गर्न खोजेको बताइएको छ । तर अहिले दुग्ध विकास संस्थान, दुग्ध विकास बोर्ड, कृषि सामग्री कम्पनी, चिया तथा कफी विकास बोर्ड लगायतका कार्यालयहरुमा राजनीतिक नियुक्ति नगरी खुल्ला प्रतिष्पर्धामा जानु पर्ने काम निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणीले खनालले गरेका हुन् ।

३ बजे पत्रकारसँग छलफल भन्दै बोलाएका मन्त्री भूषाल भने प्रदेशका मन्त्रीहरुसँग ढुक्कैले आफ्नो कार्यकक्षमा गफिँदै थिए । पौने ५ बजेमात्र पत्रकारलाई समय दिए ।

नयाँ कृषि मन्त्री नयाँ योजना ल्याउँलान् र राम्रै समाचारको आशा गरेर ‘विरालोले मुसा ढुके जस्तै’ कृषि मन्त्री घनश्याम भूसालको पर्खाइमा लामो समय कुरिरहँदा पत्रकार खिस्स परेर बाहिरिनु परेको थियो । कारण उनले भन,े ‘कृषि मैले बुझेकै विषय होइन, बुझौला अनि तपाईहरुसँग फेरि भेटौला’ ।

प्रकाशित मिति: सोमवार, मंसिर २३, २०७६