बुधबार, बैशाख ५, २०८१

निर्लज्ज सचिवका कारण पूर्व कृषि राज्यमन्त्रीका पिएले बुझाएन गाडी

काठमाडौं, मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नयाँ मन्त्री आएको करीव दुई साता पुग्न लागेको छ । मन्त्रीले आफ्नो सचिवालय पनि व्यवस्थापन गरिसकेका छन् । तर विगतका कृषि राज्यमन्त्रीका पिएहरुले मन्त्रालयको सरकारी गाडी आफू खुशी हाँकिरहेका छन् । मन्त्रालयमा बुझाएका छैनन ।

कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ आफूले लिएको सरकारी सवारी मन्त्री पद गएसँगै बुझाए । राज्यमन्त्रीले पनि त्यस्तै गरिन् तर राज्यमन्त्रीका पिएहरुले भने अझै बुझाएका छैनन् ।

कानूनत ः मन्त्री र राज्यमन्त्रीलाई गृह मन्त्रालयले सुविधा स्वरुप उपलब्ध गराएको सवारी बाहेक अरु थप सवारी सुविधा माग गर्न नपाईने व्यवस्था भएपनि सम्वन्धित मन्त्रालयका सचिवहरुले चाकडी गर्नका लागि अनावश्यक सवारी उपलब्ध गराईदिने गरेका छन् । जुन अन्य मन्त्रालयमा जस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि लागू हुन्छ ।

कानूनले बर्जित गरेको सवारी सुविधा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री पिएहरुले अहिलेसम्म कसरी प्रयोग गरिरहेका छन् ? राज्यमन्त्रीले समेत फिर्ता गर्दा उनका पिएहरुले किन बुझाएनन् गाडी ? सवारी साधन फिर्ता खोस्ने काम किन गर्न सकेनन् सचिवले ?

पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीका पिएहरु नामुक हाङ्ग म्याङबोले बा २ झ ७ नम्वर र अर्का पिए शैलन्द्र राजधामीले बा २ झ १५६२ नम्वरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सवारी अझैसम्म व्यक्तिगत रुपमा प्रयोग गरिरहेका छन् ।

नियम विपरित राज्यमन्त्रीका पिएहरुले कसरी सवारी चढिरहेका छन् भन्ने हाम्रो जिज्ञासामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रशासन तर्फका सहसचिव रघुराम विष्ट सम्पर्कका आएनन् । मन्त्रालय श्रोतका अनुसार मन्त्री, राज्यमन्त्री एवं तीनका सचिवालयका पिएहरुलाई सुविधा चाकडीका लागि दिने गरिन्छ जुन नियम विपरित देखिन्छ ।
यसअघिका कृषि मन्त्री तथा राज्यमन्त्रीका निजी सचिवदेखि स्वकीय सचिवसम्मले सवारी साधन दुरुपयोग गरेका थिए । राज्यमन्त्रीका पिएहरुले त अझैसम्म पनि गरेका छ । विशेष गरी यो मन्त्रालयमा दुई सचिव पशुपन्छी तर्फ प्रकाश माथेमा छन् भने कृषि तर्फ डा युवकध्वज जिसी छन् । तर मन्त्रालयमा हावी भने माथेमाको भन्दा जिसीकै रहेको देखिन्छ ।
सचिव जिसीकै निर्देशनमा पिएहरुले सवारी साधन दुरुपयोग गरिरहेका छन् । दुई साता वितिसक्दा पनि आफू मातहतको सवारी दुरुपयोग हुँदा मौन बस्ने सचिव जिसीले आफ्नो स्वार्थ पूरा गर्नका लागि मन्त्री तथा राज्यमन्त्रीदेखि सचिवालयसम्मका सवै व्यक्तिहरुलाई सवारी सुविधा उपलब्ध गराएका थिए ।

त्यसबेला मन्त्री तथा राज्यमन्त्रीका पिएहरुका लागि कार्यकक्ष भन्दै मन्त्रालयको पहिलो तल्लामा कार्यरत कर्मचारीहरुलाई हटाएर सचिवालयका व्यक्तिहरुलाई राखिएको थियो । राज्यको ढुकुटी दोहन हुनबाट रोक्नु पर्ने विशिष्ट श्रेणीका व्यक्ति सचिव नै चाकडीमा लिप्न भएपछि मन्त्रालयको विकास हुन्छ भन्ने वेकारमा रहेको छ । समाचार तयार पार्दासम्म पनि नामकु र शैलेन्द्रले सरकारी गाडी व्यक्तिगत प्रयोजनका लागि आफैले हाँकिरहेका छन् ।

हेरौ मन्त्रालयका दुई निर्लज्ज माथेमा र जिसी जस्ता सचिवहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हुने गरेको यस्ता काम कहिलेदेखि रोक्ने छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर १९, २०७६