शुक्रबार, बैशाख ७, २०८१

कृषि मन्त्री चक्रपाणी फेरिए पछि सचिवलाई हाईसञ्चो

काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा गरेको फेरवदलमा कृषि तथा पशुन्छी विकास मन्त्रालय पनि परेको छ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले विगतमा प्रधानमन्त्रीको रेड जोनमा परेका व्यक्ति थिए । मन्त्रालयलाई फरक ढंगले अगाडि बढाउनका लागि शक्ति केन्द्रभन्दा पनि आफ्नै ढंगले काम गरेकै कारण मन्त्री खनाल फेरिएका हु्न् । भारतबाट आयात गरिएको धूलो दूधलाई रोक्नका लागि मन्त्रीले निकै नै मेहनत गरेका थिए । नेपाली किसानहरुले दूधमो मूल्य नपाउने तर भारतबाट दूध आयात गरिने कामलाई रोक्न मन्त्री आफै सक्रिय हुँदा केही ठूला डेरी उद्योगीहरु मन्त्रीलाई हटाउने र धूलो दूध आयात गर्ने धुनमा थिए ।

त्यस्तै भारतबाट स्वास्थ्य परिक्षण नगरिएका पशुपन्छी आयात भईरहेकाले त्यसलाई व्यवस्थित गर्न लागि परेका मन्त्री खनाललाई त्यसबेला नै हटाउने प्रपञ्च पनि गरिएको थियो । तर त्यसबेला मन्त्रीमण्डले पुर्नगठनको हल्ला मात्र भएको थियो । मन्त्रीलाई सफल बनाउने कि असफल बनाउने भन्ने मन्त्रीका सचिवालय र मन्त्रालयका सचिवको पनि ठूलै भूमिका हुन्छ । तर कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई असफल बनाउनका लागि कृषि सचिव डा.युवकध्वज जिसी हात धोएरै लागेका थिए ।

विभिन्न बहानामा मन्त्रीलाई असफल बनाउने काममा सचिव जिसीको मुख्य भूमिका रहेको थियो भन्ने प्रमाण त मन्त्री तथा राज्यमन्त्रीका सचिवालयले नै पुष्टि गर्दथ्यो । अनुदान, सरुवा, पदस्थापन जस्ता कतिपय काममा सचिवकै कारण मन्त्रीले मौन बस्नु परेका घटनाहरु छन् । खनालले बनाएका कतिपय दीर्घकालिन योजनामा सचिवले भाँझो हाल्ने गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका कर्मचारी सरुवाका विषयमा त सचिव जिसीले ठूलै भूमिका खेलेका थिए ।
सोही विषयलाई लिएर गएको शुक्रबार कृषि राज्यमन्त्रीको सचिवालयका एक सदस्यलाई सचिवले निकै नै हप्काएका थिए ।

यद्यपी कृषि मन्त्री चक्रपाणी खनाललाई हटाएपछि जिसीलाई हाईसञ्चो भएको छ । अव आएका नयाँ मन्त्री घनश्याम भूषाललाई मन्त्रालय बुझ्न नै केही समय लाग्ने भएकाले सचिव जिसीले आफ्नो स्वार्थ पूरा गर्नका तयार गरेका तर चक्रपाणीले रोकेका कतिपयकाम सहज रुपमा सम्पन्न गर्ने छन् । अव त राजनीतिक रुपमा पनि आफ्नै विचार मिल्ने र क्षेत्रीय हिसावले पनि एकैतिरका मन्त्री आएपछि चक्रपाणी तात्कालिन माओवादी भएकै कारण आफू पेलानमा परेको भन्दै रुन्चे हाँसो गर्ने जिसीलाई अव सुनमा सुगन्ध थपिएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ५, २०७६