शुक्रबार, बैशाख ७, २०८१

कृषि मन्त्री र राज्यमन्त्री दुवै जना हटाईए, घनश्याम भूषाल कृषि मन्त्री

काठमाडौं, मंसिर । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पछि मन्त्रीमण्डल परिवर्तन गर्दै गर्दा कृषि मन्त्री चक्रपाणी खनाल र राज्यमन्त्री रामकुमारी चौधरी दुवैलाई विदा गरिएको छ ।

ओली नेतृत्वको सरकारका कृषि मन्त्री र राज्य मन्त्री दुवैले काम राम्रो गर्न नसकेको भन्दै विगतमा पनि रेड जोन भित्र खनाललाई राखिएको थियो । आफू रेड जोनमा परेपनि कृषि मन्त्री खनालले पार्टी भित्रको चर्को दवावलाई समेत वास्ता नगरी नेपाली किसानहरुको हितका लागि भारतबाट आयात गरिने धूलो दूधमाथि रोक लगाएका थिए ।

दशैको अवसरमा भारतबाट आयात गरिने पशुपन्छीहरु समेत जथाभावी आयात हुन थालेपछि भारतबाट नेपाल ल्याईने प्रत्येक पशुपन्छीको स्वास्थ्य परीक्षण प्रमाणपत्र विना आयात रोक लगाउन सफल भएका थिए । त्यसबेला कृषि मन्त्री खनाललाई चौतर्फी दवाव आएपनि उनले जनताको स्वास्थ्य र नेपाली किसानहरुको हितका लागि भन्दै स्वास्थ्य परीक्षण नगरिएका पशुपन्छी आयातमा रोक लगाएका थिए ।

कृषि मन्त्री खनाललाई मन्त्रीबाट हटाउनुको मुख्य कारण काम गर्न नसकेर भन्दा पनि भारतबाट आयात भईरहेको गुणस्तरहीन धूलो दूधमाथि लगाएको रोक नै भएको जानकारहरु बताउँछन् । कृषि तथा पशुपन्छी मन्त्रीका रुपमा घनश्याम भूषालले विहीबार शपथ ग्रहण गर्दै छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६