शुक्रबार, बैशाख ७, २०८१

दुग्ध विकास संस्थानको महाप्रवन्धकमा वैकुण्ठ अधिकारी नियुक्त

काठमाडौं, कार्तिक । लामो सयमदेखि नेतृत्व विहिन भएको दुग्ध विकास संस्थानले शुक्रबारदेखि प्रमुख पाएको छ । दुग्ध विकास संस्थानको महाप्रवन्धकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव वैकुण्ठ अधिकारीलाई नियुक्ति गरिएको हो । दुग्ध विकास संस्थानका तात्कालिन महाप्रवन्धक गंगाप्रसाद तिमिल्सेना उमेरहदका कारण स्वत अवकाश भएको दुई वर्ष पछि संस्थानले प्रमुख पाएको छ । यस अघि संस्थान निमित्त महाप्रवन्धकका भरमा चल्दै आएको थियो भने । ३ जना निमित्त महाप्रवन्धकले संस्थान सम्हालेर अवकाश पाउँदा पनि संस्थानले संस्थानको महाप्रवन्धक पाउन सकेको थिएन ।
शुक्रबारदेखि नै लागू हुने गरी अधिकारीले महाप्रवन्धकको जिम्मेवारी सम्हालेका छन् । प्रदेश नं. ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको रुपमा रहेका अधिकारी केही दिन अघि मात्र मन्त्रालयमा सरुवा भएर आएका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २९, २०७६