शुक्रबार, चैत्र १६, २०८०

दोस्रो चरणको आन्दोलनमा उत्रिए कृषि तथा पशु सेवा प्राविधिक

काठमाडौं, असोज । एक साता लामो शान्तिपूर्ण आन्दोलनमा होमिएका स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकको मागको कुनै सुनुवाई नभएपछि दोश्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै सरकारले २०७२ सालदेखि एक गाउँ एक प्राविधिकको अवधारणा अघि सारेर लोकसेवा आयोग मार्फत नै सेवा प्रवेश गरेका ३ हजार कृषि तथा पशु प्राविधिकहरुलाई हटाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अर्थ मन्त्रालयले २०७५ भाद्र २९ गतेको निर्णयले कृषि विभाग तथा पशु सेवा विभाग मातहतमा कार्यरत रापअ द्वितियका ३ हजार करारका कर्मचारीलाई तलव नदिने र कर्मचारी हटाउने भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत कृषि तथा पशु सेवामा कार्यरत करारका कर्मचारीहरु शान्ति पूर्ण रुपमा ¥याली, धर्ना जुलुश गर्दै आईरहेका छन् । तर सरकारले उनीहरुको मागप्रति पूर्ण रुपमा वेवास्ता गर्दै आईरहेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७६