शुक्रबार, चैत्र १६, २०८०

नैतिकताको आधारमा महानिर्देशकले राजीनामा दिनु पर्दैन ?

काठमाडौं, असोज । दशैको मुखैमा आएर लाखौं खर्च गरी ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’को प्रचार गरिरहेको पशु सेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखेको छ ।
गाईको तस्वीर सहितको स्वच्छ मासुको प्रचार गर्दा जनतामा नकारात्मक संन्देश पुगेको भन्दै त्यसको व्यापक आलोचना भएको छ । पशु सेवा विभागका उच्च कर्मचारीहरुको चरम लापरवाहीका कारण यो अवस्था आएको हो ।
दशैंको मुखैमा आएर हिन्दुहरुले पुज्दै आईरहेको र हिन्दु धमौलम्वीहरुले लक्ष्मीमा रुपमा पूजा अर्चना गर्दै आईरहेको गाईको तस्वीर स्वच्छ मासुको प्रचारमा प्रयोग गरिनु पक्कै पनि गल्ती भएकै हो ।
साधारण प्रचार प्रसार सामग्री निर्माण गर्दा त ध्यान नपु¥याउनेले यस्ता कति गलत सन्देशहरु आम नागरिकलाई प्रवाह गरिरहेका होलान् भन्ने चर्चा चल्न थालेको छ । केही दिन अगाडि मात्र सुर्खेतमा गाईलाई भिरबाट खसालेर मारेको समाचार आए लगतै यस्तो प्रचार सामग्री आउनु खेदजनक छ ।
८२ प्रतिशत हिन्दूहरु बसोबास गर्दै आईरहेको नेपालमा गाईको मासु विक्री गर्नु, गाई काटमार गर्ने कार्य पूर्ण रुपमा कानूनले बन्देज गरेको छ । यति चरम लापरवाही गर्ने पशु सेवा विभागका महानिर्देशकले नैतिकताका आधारमा पदबाट राजीनामा किन दिएनन् ?
पशु सेवा विभाग मार्फत गरिने विभिन्न कार्यक्रमहरुमा आर्थिक मोलमोलाई गर्ने भ्रष्ट मतिका महानिर्देशक डा वंशी शर्मालाई मन्त्रालयले तत्काल हटाउनु पर्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज १०, २०७६