शनिबार, बैशाख ८, २०८१

काठमाडौंको उत्तर भेगमा खुल्यो तरकारी तथा फलफूल बजार

काठमाडौं, भाद्र । काठमार्डौ उपत्यकामा बढ्दै गईरहेको जनसंखय बृद्धिसँग दैनिक उपभोग्य सामग्रीहरुको सहजतामा पनि समस्या पर्दै आईरहेको देखिन्छ । काठमाडौंको सवैभन्दा ठूलो तरकारी बजारमा रुपमा रहेको कालिमाटी तरकारी तथा फलफूल बजारसँगै बागबजार टुकुचा, चावहिल, बानेश्वर, नक्सालमा पनि तरकारी बजार सञ्चालनमा आएका छन् ।
त्यत्तिमात्रले उपभोक्तालाई सहज भने भएको छैन । तरकारी तथा फलफूल बजारलाई प्रभावकारी र उत्तरी भेगलाई लक्षित गरी काठमाडौंको धुम्वाराहीमा नयाँ बजार सञ्चालनमा आएको छ ।
बढ्दो जनसंख्या काठमाडौं महानगरको उत्तर क्षेत्रलाई केन्द्रमा राखेर धुम्बाराहीमा तरकारी तथा फलफुलको थोक तथा खुद्रा बजार सञ्चालनमा आएको छ । ६ रोपनी जग्गामा बजार र ४ रोपनी जग्गामा पार्किङ्सहित आइतबारबाट सञ्चालनमा ल्याइएको बजारमा पहिलो र दोश्रो दिनको औसत कारोबार १५ लाख रुपैयाँ दैनिक रहेको सञ्चालनकको भनाइ छ ।
काठमाडौंभरिका जनताले तरकारी किन्न कालीमाटी नै पुग्नु पर्नेकारण सहरमा सवारी आवागमनमा पनि चाप परेको छ । धुम्बारहीको तरकारी बजारले कम्तीमा गौशालादेखि चक्रपथ हुँदै बालाजुसम्मका उपभोक्तालाई सजिलो भएको काठमाडौं महानगरपालिका वडा ३ का अध्यक्ष दीपक के. सीको भनाई छ
धुम्वाराही तरकारी तथा फलफूल केन्द्रका सञ्चालक चित्रकुमार लोप्चनका अनुसार सरकारले किसान बजारको कल्पना गरेपछि हामीले यो बजार सञ्चालनमा ल्याएका हांैं । यहाँ व्यापारीले होइन, किसानले सामान लिएर आउँछन् र बेच्छन् लोप्चनको भनाई छ । यसले गर्दा उपभोक्तालाई सुपथ मुल्यमा सामान प्राप्त हुन्छ भने किसानले सामानको उचित मुल्य पाउँछन् । उनका अनुसार बजारबाट उत्पादन भएको फोहोरलाई जैविक मल बनाएर किसानलाई फिर्ता गर्ने सोच छ ।
बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका लागि स्टल राखिएका छन् । अहिले तरकारीका लागि मात्रै २०० स्टल छन् । एउटा स्टल लिनका लागि ५ जना किसान अनिवार्य मिल्नु पर्ने प्राबधान राखिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६