शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ माटो विज्ञ आचार्यलाई नेपाल विद्या विभूषण क प्रदान

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत वरिष्ठ माटो विज्ञ गंगादत्त आचार्यलाई नेपाल विद्या विभूषण क बाट सुशोभन गरिएको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो विभूषण प्रदान गर्नु भएको हो ।
स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३७३ जनालाई विभिन्न पदकले सम्मान गर्ने क्रममा कृषि सेवामा कार्यरत आचार्यले पनि सो पदक पाएका हुन् ।
४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर विद्यावारिधी हासिल गर्ने व्यक्तिहरुलाई विभूषण प्रदान गरिएको थियो । राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट २३१ जना, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट १०१ जना र ‘ग’ श्रेणीको नेपाल विद्याभुषणबाट पदक ११ जनालाई सम्मानित गरेकी हुन् ।
आचार्यले विकास अध्ययन विषयमा अष्ट्रलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत बालकुमारी शर्मा पनि नेपाल विद्या भूषणबाट विभूषित भएकी छिन् । उनले पनि अष्ट्रलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयबाट खाद्य प्रविधि विषयमा विद्यावारिधी गरेका हुन् ।


 

 

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६