शनिबार, बैशाख ८, २०८१

गण्डकी प्रदेशले दुई करोड बराबरको बोयर बोका किन्दै

तनहुँ, भाद्र। मासुमा आत्मनिर्भरताका लागि बाख्रा पालनलाई प्रोत्साहन गर्न विभिन्न प्रदेश सरकारले योजना ल्याएको भएपनि ती योजना केवल कमाई खाने भाँडोका रुपमा प्रयोग हुन थालेको छ ।
विगतमा मासु उत्पादन बृद्धि गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुले अष्ट्रेलियाबाट करोडौंको बोयर बाख्रा खरिद गरी अनुदान दिएपनि त्यसले खासै प्रभाव भने परेको थिएन ।
अहिले फेरि गण्डकी प्रदेश सरकारले बाख्राको मासुमा आत्मनिर्भर बन्न एक करोड ८० लाख रूपियाँको वोयर जातको बोका खरीद गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले तीन लाखको दरले ६० वटा वोयर बोका खरीद गर्नका लागि बजेट नै उल्लेख गरिसकेको छ ।
प्रदेश सरकारले शुद्ध वोयर अष्ट्रेलियाबाट आयात गर्ने भएको छ । उक्त बोका गण्डकी प्रदेशमा प्रजनन्को लागि व्यवसायिक रुपमा उन्नत जातका पशु पाल्दै आएको कृषक, कृषक समुह वा समितिले स्थानीय तहको सिफारिसमा अनुदानमा पाउने केन्द्रले जनाएको छ ।
छिटो बढ्ने हुँदा कृषकलाई फाईदा हुने र नेपालको हावापानी सुहाँउदो भएकोले वोयर बोका खरीद रकम निकास गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा। बालकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
नश्ल सुधार गरी बाख्राको मासु उत्पादन बृद्धि खसीरबोका भारतबाट ल्याउनु पर्ने वाध्यता अत्य गर्ने उद्धेश्य अनुरुप बोयर बोका ल्याउन लागिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६