बिहिबार, बैशाख ६, २०८१

सीताराम दूधमा कास्टिक सोडाको मात्रा बढी

काठमाडौं, भाद्र । निजी डेरी उद्योगहरुमा निकै नै चर्चामा रहने गर्दछ सीताराम डेरी । केडिया घरानाको लगानी रहेको सो दूधको व्यवस्थापनको जिम्मेवारी पाएका छन् सुमित केडियाले । सुमित केडिया पूर्व नेपाल डेरी एशोसिएसनका अध्यक्ष पनि हुन् । उनकै कम्पनी सीताम मिल्कस्ले उपभोक्तामा विक्री गरिरहेको सीताराम दूधमा कास्टिक सोडाको मात्रा निकै नै रहेको खाद्य विज्ञहरुले आरोप लगाएका छन् ।
दूधको गुणस्तर हेर्ने जिम्मेवार पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चासो नदिँदा सीतारामको गुणस्तरहीन दूध उपभोक्ताले उपभोग गर्न वाध्य भएका छन् । भारतबाट धूलो दूध बढी ल्याउने डेरी उद्योगमा सीतामा मिल्कस् अग्रपंक्तिमा आउँछ ।
नेपाली किसानहरुसँग दूध किन्नु भन्दा भारतबाट धूलो दूध वा घोल दूध ल्याउन सस्तो पर्ने भएकाले सीताराम मिल्कस्ले विगतदेखि नै दूधमा भारतको भर पर्दै आईरहेको आरोप लागेको छ । विगतमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्न जाँदा तात्कालिन महानिर्देशक सञ्जिव कर्णलाई आफ्नो प्रभावमा पारेर केडियाले कहिल्यै पनि डेरी उद्योगको दूध उत्पादन गर्ने स्थल नै नदेखाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारीले बताएका छन् । नाम नबताउने शर्तमा उनले भने, हामीले त्यसबेला डेरी उद्योग स्टोर, धूलो दूधको गोदामन हेर्ने प्रयास गरेका थियौं तर डिजी सापको कारण गोदाम हेर्न पाएनौं’ ।
अहिले बजारमा दूधको अभाव सिर्जना गर्न लगाउने र भारतबाट धूलो दूध आयात गर्नका लागि मुख्य भूमिका निर्वाह केडियोले गर्दै आईरहेका छन् ।

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७६