शुक्रबार, बैशाख ७, २०८१

धमाधम संघमा फिर्ता हुँदै कृषिका सहसचिवहरु

काठमाडौं, भाद्र । सरकारले संघीय संरचना अनुरुप सातै प्रदेशमा समायोजन मार्फत खटाएका कर्मचारीहरु यो वा त्यो बहानामा काठमाडौंमै बस्नका लागि संघमा आउन थालेका छन् । कतिपय स्थानीय तहमा समायोजना भएका कर्मचारीहरु स्थानीय सरकारले हाजिर गर्न नदिएका कारण संघमा फर्कन थालेका हुन् भने कतिपय आफ्नो स्वार्थ नमिलेपछि बहाना बनाएर संघमा आउन थालेका छन् ।
विशेष गरी मेडिकल बोर्डको सिफारिसमा संघमा आउने कर्मचारीहरुको संख्या निकै नै बढ्न थालेको छ ।
सोही क्रमम कृषि तथा पशुपन्छी सेवाका कार्यरत कर्मचारीहरुले पनि सोही उपाय अवलम्वन गर्न थालेका छन् । कतिपय कर्मचारीहरुले मेडिकल बोर्डको सिफारिसमा संघमा फिर्ता भएका छन् । जसले बोर्ड मार्फत गम्भीर स्वास्थ्य अवस्था वा मानसिक स्वास्थ्य उपचार तथा औषधी सेवन गरेको देखिएकोले निजको समायोजनमा पुनरावलोकन हुन सिफारिस लिएर सामान्य प्रशासन मन्त्रालयमा बुझाएको देखिन्छ । सोही पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी समायोजन एने २९७५ को दफा १९बमोजिम पुल दरवन्दी कायम गरी उपयुक्त स्थानमा कामकाज खटाउने उल्लेख गरी संघ मै राखेको पनि देखिन्छ ।
त्यस्तै समायोजका क्रममा प्रदेशमा परेका कृषि तथा पशुपन्छी सेवा तर्फका धेरै सहसचिवहरु धमाधम संघमा नै फर्केका छन् । यसरी फर्कन कतिपयले आफूहरु वरिष्टताका आधारमा अन्याय परेको त कतिपयले प्रजनन् हक अधिकार कुण्ठित भएको भन्दै अदालतबाट आदेश लिएर संघमा आएको देखिन्छ ।
सरकारले गरेको समायोजनमा कतिपयले मेडिकल बोर्डमा पहुँचकै आधारमा सिफारिस बनाएर संघमा बस्न भ्याएका छन् । जो वास्तविक रुपमा नै समस्यामा परेका कर्मचारी छन् र पहुँच पु¥याउन नसकेका कारण मेडिकल बोर्डको सिफारिस ल्याउन नसक्दा अन्यायमा परेको पनि देखिन्छ ।
यसरी पहुँचका आधारमा सिफारिस वा अदालतबाट फिर्ता आउने क्रम बढ्ने हो भने प्रदेश तहका खटिएर काम गर्न जाने को हो त ? प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६