शनिबार, बैशाख ८, २०८१

अवकाशका लागि तीन महिना वाँकी हुँदा प्रदेशतिर सरुवा

काठमाडौं । कृषि विभागका महानिर्देशक सूर्य पौडेलको उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्न करीव तीन महिना मात्र वाँकी छ । तीन महिनापछि अवकाश प्राप्त गर्ने यी सहसचिवलाई यतिखेर कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा सरुवा भएको छ ।
तीन महिना पछि जागिरे जीवन नै पूरा गरेर घर बस्न लागेका व्यक्तिलाई कर्णाली प्रदेशमा सरुवा गर्नुलाई पक्कि पनि जायज मान्न सक्ने अवस्था पनि देखिँदैन । ५८ वर्ष जागिरे जीवन पूरा गर्न लागेका व्यक्तिलाई सहज गराउनु पर्नेमा दण्ड दिए जस्तै गरी सरुवा गरिएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६