बिहिबार, बैशाख ६, २०८१

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिवहरुको सरुवा

 

काठमाडौं, भाद्र । सरकारले वरिष्ठ सहसचिवहरुलाई मध्येबाट प्रदेश सरकारको सम्वन्धित मन्त्रालयमा सरुवा गर्ने निर्णय गरे लगतै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवहरुको पनि सरुवा भएको छ ।

सरुवा हुनेहरुमा मन्त्रालयमा पशुपन्छी तर्फ रहेका सहसचिव डा विमलकुमार निर्मललाई प्रदेश नं १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सरुवा गरिएको छ भने प्रदेश नं. २ मा कृषि तर्फका सहसचिव गोविन्दप्रसाद शर्माको सरुवा भएको छ । त्यस्तै प्रदेश नं. २ मा सचिवबाट पशु सेवा विभागको महानिर्देशक बनेका डा वंशी शर्मालाई प्रदेश नं. ५मा सरुवा गरिएको छ । भने कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेललाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ । पौडेलको उमेरहदका कारण अवकाश प्राप्त हुन करीव ४ महिना मात्र वाँकी छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६