शुक्रबार, चैत्र १६, २०८०

हिकास्ट : विद्यार्थी पढाउने कि पैसा मात्र असुल्ने ?

काठमाडौं । नेपालमा पछिल्लो समयमा कृषि तथा पशु विज्ञान अध्यापन गराउनका लागि विभिन्न शैक्षिक संस्थाहरु सञ्चालनमा आईरहेका छन् । केही आउने क्रममा पनि छन् । कृषिप्रधान भनिएको देशमा कृषि तथा पशु विज्ञान अध्यापन गराउनका लागि शैक्षिक संस्थाहरु सञ्चालन हुनु गौरवको कुरा पनि हो । तर शिक्षा सेवा प्रवाह गर्ने नाममा कतिपयले लुटको धन्दा चलाईरहेका पनि देखिन्छन् । शैक्षिक संस्थाले सेवा दिईरहेका छन् या व्यापार गरिरहेका छन् ? यो विषयमा बहश हुनु आवश्यक छ ।
पशु चिकित्सकहरुको दर्ताका लागि सरकारले नेपाल पशु चिकित्सा परिषद् स्थापना गरेको छ । सोही परिषद्ले पशु चिकित्सकहरुलाई दर्ताका लागि परीक्षा लिने छ । परिषद्ले लिएको परीक्षा उर्तीणले हुने मात्र वैधानिकता पाउँछ र उनले आफ्नो सेवा प्रवाह गर्न सक्छ ।
तर यतिखेर पशु चिकित्सा क्षेत्रमा निकै नै लज्जास्पद परिणमा आएको छ । त्यसमाथि पनि सुविधा सम्पन्न स्थान काठमाडौंमा सञ्चालनमा रहेको हिकास्टबाट पशु चिकित्सा पूरा गरेका ४७ जना पशु चिकित्सक मध्ये २४ जना पशु चिकित्सा परिषद्ले लिएको परीक्षामा अनुर्तीर्ण हुनुले हिकास्टको शैक्षिक गुणस्तर कस्तो छ भन्ने प्रष्ट बनाएको छ ।
पशु चिकित्सा अध्यापनका लागि प्रति विद्यार्थी १५ लाख असुल्दै आईरहेको हिकास्टमा अध्ययन गरेका पशु चिकित्सकहरु किन धेरै अनुर्तीर्ण भए भन्ने विषयमा हिकास्टमा सम्पर्क गर्दा सो कलेजमा ल्याव व्यवस्थापन अधिकृतका रुपमा कार्यरत रोमिना अधिकारीले कलेजका प्रमुखसँग नै सोध्न आग्रह गरिन् । तर कलेजका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन् ।
हिकाष्टकले पशु चिकित्सा अध्यापन गराउनका लागि विद्यार्थीहरुका लागि आवश्यक व्यवहारिक शिक्षाका लागि मापदण्ड बमोजिम कक्षा सञ्चालन गर्न सकेको छैन । कलेज आफै पशु चिकित्सा परिषद्ले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको देखिन्छ ।
पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन लिएर सञ्चालन भएको सो कलेजका विषयमा विश्व विद्यालयका उच्चअधिकारी बोल्नै चाहँदैनन् ।
सो विषयमा परिषद्का रजिष्ट्रार डा नारायण प्रसाद घिमिरे भन्छन्, ‘उहाँहरु मापदण्ड पूरा गर्न लागरहनु भएको छ, परिषद्को मापदण्ड भित्र रही कलेज सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नु भएकाले हामी ढुक्क छौं ।
तर रजिष्ट्रार घिमिरेले भने जस्तो हिकाष्टले मापदण्ड पूरा गर्ने तर्फ पहल गरको छैन । कलेज त विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दा पनि विद्यार्थीहरुसँग कसरी बढी भन्दा बढी रकम असुल्न सकिन्छ भन्ने धन्दामा क्रियाशील रहेको काउन्सिलले लिएको परिक्षामा उनुर्तीर्ण विद्यार्थीको संख्याले नै पुष्टि गर्दछ ।

प्रकाशित मिति: बिहिबार, साउन १६, २०७६