शुक्रबार, बैशाख ७, २०८१

प्रदेश नं २ मा रासायनिक मलको अभाव चर्कियो

जनकपुर, श्रावण । धानका लागि उर्वर भूमिका रुपमा रहेको प्रदेश नं २ मा यतिखर रासायनिक मलको अभाव चर्किएको छ । किसानहरुले धानखेतीका लागि मल अभावका कारण खेती गर्न समस्या भएको बताएका छन् । संघ सरकारले समयमा नै चासो नदिएका कारण प्रदेश नं. २ मा रासायनिक मलको अभाव बढ्दै गएको प्रदेश नं. २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा विजयचन्द्र झाका अनुसार प्रदेश नं. २ मा अहिले किसानका लागि आवश्यक मल अभाव भएको छ । किसानहरुले मल अभाव भएको भन्दै मन्त्रालयमा धर्ना तथा दवाव दिँदै आएका छन् । तर मन्त्रालयले किसानहरुलाईका लागि अति महत्वपूर्ण मानिएका रासायनिक मल उपलब्ध गराउन सकेको छैन । मल अभावका कारण प्रदेश नं. २ मा गत बर्षको तुलनामा यस बर्ष धानको उत्पादन निकै नै घट्न सक्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन १४, २०७६