बिहिबार, बैशाख ६, २०८१

मन्त्री र सचिवको नाम लिँदै क्वारेण्टिनका कर्मचारीलाई धक्की

काठमाडौं, श्रावण । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र कृषि सचिव युवकध्वज जिसीको नाम लिँदै विभिन्न व्यापारी र पत्रकार समेतले सीमा नाकामा रहेका क्वारेण्टिन कार्यालयका प्रमुखहरुलाई धम्क्याउने गरेको खुलासा क्वारेण्टिन कार्यालयका प्रमुखले नै गरेका छन् ।
विदेशबाट नेपाल भित्रने बीउविजन, पशुपन्छी देखि खाद्य सामग्री समेतमा अवैध रुपमा भित्र्याउनका लागि त्यसरी धम्क्याउँदै आईरहेको विरगञ्ज क्वारेण्टिन कार्यालयका कर्मचारीले मन्त्रीकै अगाडि खुलासा गरेका हुन् ।
क्वारेण्टिन कार्यालयमा हुने गरेको समस्या र गुनासा कर्मचारीहरुबाट सुन्दै गरेका मन्त्री खनालले आफ्नो नाम लिएर कोही आउँछ भने त्यसको काम नै नगर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पाए लगतै वीरगञ्ज क्वारेण्टिन कार्यालयका कर्मचारीहरुले भने,‘ त्यसो गर्दा कर्मचारी कुटिन्छन्, माथिको हाकिमले दवावदिने देखि व्यापारीहरुबाट कुनै पनि बेला आक्रमणको निशानामा पर्नु पर्ने दुखेसो गरे ।

प्रकाशित मिति: आइतवार, साउन १२, २०७६