शनिबार, बैशाख ८, २०८१

बाढीका कारण प्रदेश १ मा मात्र ८१ करोडका कृषिबाली नष्ट

काठमाडौं, श्रावण । विगत केही दिन यता परेको पानीका कारण आएको बाढीले प्रदेश नं. १ मा मात्र ८१ करोड बराबरको कृषि उपज नष्ट बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संलकन गरेको क्षतिको विवरण अनुसार हाल प्रदेश नं. १ को मात्र सम्पूर्ण विवरण प्राप्त भएको र अन्य प्रदेशको विवरण आउन वाँकी रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नं. ६ र ७ मा बाढीले कृषि तथा पशुपन्छी तर्फ कुनै पनि क्षति नभएको तथा प्रदेश २,३ ४ र ५ को विस्तृत विवरणका लागि टोली खटाएको समेत छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार बाढी र पहिरोका कारण प्रदेश नं. १ को १४ जिल्लाको कृषिमा ८१ करोड २८ लाख ९२ हजार र पशुपन्छी तर्फ २५ लाख ८० हजार गरी ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको सह प्रवक्ता डा प्रदीप भट्टराईले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६