शुक्रबार, चैत्र १६, २०८०

भारतबाट आउने सवै तरकारीको नमूना परीक्षण असम्भव : कृषि मन्त्री

काठमाडौं, असार । विहिबारदेखि परेको झरी रोकिएको छैन । त्यस्तै भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षणको चर्चा र बहश पनि रोकिएको छैन । यही चर्चासँग प्रधानमन्त्री ओलीले त आमनागरिक समक्ष माफी नै मागिसकेका छन् । भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई मन्त्री सचिवले जानकारी नगराएकोले जानकारी नभएको भन्दै ओलीले माफी मागेका हुन् ।
उता ओलीले माफी मागिसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेका मन्त्री चक्रपाणी खनालले भने झरी परिरहँदा कृषि विभाग मातहतमा रहेको केन्द्रीय कृषि प्रयोगशालाले विषादी परीक्षण कसरी गरिरहेको छ अनुगमन गर्न पुगेका छन् ।
पूर्वाधार नभएकोले विषादी परीक्षण गर्न गाह्रो भएको भन्दै सरकार पछि हटेका बेला कृषि मन्त्रीले भने प्रयोगशालामा पुगेर केन्द्रीय प्रयोगशाला मार्फत १ सय ६९ र अन्य दुई समूहका विषादी परीक्षण हुने बताए ।
कृषि मन्त्री चक्रपाणी खनालले अर्गानोफस्फेट र कार्वामेट समूहका विषादी मुलुकभर रहेका प्रयोगशाला मार्फत परीक्षण गर्न सक्ने र सोही परीक्षणले तरकारी तथा फलफूलको ३३ प्रतिशत हिस्सा ओगट्ने समेत बताए ।
अर्गानोफस्फेट र कार्वामेट समूहका विषादी वाहेकका विषादी परीक्षण गर्ने कार्य पनि हरिहरभवन स्थित केन्द्रिय प्रयोगशालाबाट मात्र हुने जानकारी मन्त्री खनालले दिए । उनले भने, ‘ सवै समूहका विषादी परीक्षणको रिपोर्ट आउन दुई दिनभन्दा बी समय लाग्छ त्यसकारण भारतबाट आउने सवै गाडीबाट नमूना निकालेर परीक्षण गर्न सम्भव छैन ।’
सरकारी निर्णयमो बचाउन गर्दै खनालले भने,असार २ गते मन्त्रीपरिषद्ले गरेको निर्णय अनुरुप प्रत्येक गाडीबाट नमूना निकालेर परीक्षण गरेको नभई फाइटो सर्टिफिकेट खोजेका हौं । सर्टिफिकेट भएका गाडी भित्रिएपनि सर्टिफिकेट नभएकालाई ल्याउन आग्रह गरेका हौं । ’

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६