शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्री भन्छन् चर्चा गरिएजस्तो तरकारीमा विषादीको प्रयोग भयावह छैन

काठमाडौं, असार । भारतबाट आयात गरिने तरकारी तथा फलपूmलमा विषादी परिक्षण गर्ने विषयमा सरकार पछि हटेपछि यसका विषयमा निकै नै चर्चा र बहस हुन थालेको छ । सरकारले गरेका निर्णयहरु विस्तारै फिर्ता हुने क्रममा विषादी परिक्षण पनि परेको हो । हतारमा निर्णय गर्ने सरकार र फुर्सदमा पछुताउने मन्त्रीपरिषद्का सदस्यहरुका कारण सरकार दिनप्रतिदिन आलोचित बन्दै गईरहेको छ ।
अहिले बजारमा चर्चामा भए जस्तो भारतबाट आउने तरकारीमा विषादीको मात्रा धेरै र भयावह नभएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् । कृषि अनलाईनसँग कुरा गर्दै मन्त्री खनालले भने, ‘भारतबाट आउने तरकारी खानै नहुने वा अत्यधिक विषादी छैन । विषादी प्रयोग गरिएको छ तर कति मात्रामा भएको छ भन्ने परिक्षण गरेर मात्र थाहा पाउने कुरा हो ।’
मन्त्री खनाल भन्छन्, ‘अहिले विषादीको जसरी चर्चा भएको छ यसले सवैलाई सचेत गराएको छ । नेपाली किसानहरुले पनि अत्यधिक विषादी प्रयोग गरिएको पाइएको छ तर विषादी हाल्ने नहुने भन्दा पनि विषादी प्रयोग पश्चात कुर्नु पर्ने समयलाई ध्यान नदिँदा समस्या आएको हो । ’
भारतबाट आयात गरिएका तरकारीहरु परिक्षण प्रमाण पत्र भएकामात्र आयात गरिएका छ खानै नहुने भित्र्याउन खोजिएको होइन , उनको भनाई थियो । सरकरी निकायवीचको समन्वय अभावले गर्दा यस्तो भएको हो त भन्ने विज्ञासामा मन्त्री खनालले भने,‘ समन्वय छ हुँदै नभएको होइन तर जुन रुपमा हुनु पर्ने थियो त्यो नहुँदा समस्या आएको हो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६