शुक्रबार, चैत्र १६, २०८०

मौसम अनुकुल भन्दै आँप खाँदै हुनुहुन्छ ? विचार गर्नुस् ।

काठमाडौं, असार । मौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसैले पनि आमनागरिकहरु मौसम अनुसारका फलफूलहरु उपभोग गर्ने गर्दछन् । अहिल आँप, खरबुजा, मेवा लगायतका फलफुलहरु उत्पादन हुने मौसम हो त्यसकारण पनि बजारमा यीनै फलफूलहरु प्रशस्त मात्रामा विक्री भएको देखिन । शाहकारी व्यक्तिहरुले त दैनिक जसो फलफूल प्रयोग गर्ने गरेको पनि पाईन्छ । विशेषत फलफुलमा शरीरलाई आवश्यक पर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाईने भएकाले विरामी व्यक्तिहरुका लागि फलफूल नै बढी प्रयोग गरेको पनि पाइन्छ ।
मौसम अनुकुल कै फल मध्ये आजभोलि बजारमा आँप धेरै पाइन्छ । हामीले पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्ने गरेका छौं । तर हामीले बजारबाट खरीद गरिरहेका आँप स्वस्थकर छ त ?
आजभोलि नेपाली आँपको सिजन सकिन थालेको छ र बजारमा अहिले भारतका बिभिन्न ठाँउबाट आयात गरीएका आँपहरु प्रसस्त रुपमा पाइने गरेको छ । बजारमा नेपाली आँपहरु २० प्रतिशत मात्र उपलबध छन् भने, भारत बाट आयात गरिएको आप ८० प्रतिशत छन् । यसरी हेर्दा नेपाली बजारमा अहिले भारतीय आँप छ्यापछयाप्ती पाइन्छ , तर भारतबाट आयात गरिएका प्राय फलफुल तथा तरकारीहरुमा कारवाईड नामक विषदी प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । त्यसैले नेपाल सरकारले विषादी परीक्षण नगरेका तरकारी र फलफूल भारतबाट नेपाल आयातमा रोक लगाएको छ । सरकारले पूर्वतयारी विनानै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा व्यवसायीहरुले भने समस्यामा परेको गुनासो गरेका छन् नेपाल थोक व्यवसायी संघका कोषाध्यक्ष काशीराम सापकोटाले ।
व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उदेश्यका साथ मौसम र सिजन विपरित विषादी प्रयोग गरी पकाएका आँप तथा अन्य फलफुलहरु बजारमा उपलब्ध छन् । फलफूललाई समय अगावै पकाउनको लागि व्यापारीहरुले कारवाईड नामक विषादीको प्रयोग गर्ने गरेका छन् । तर विषादी हालेर फलफूललाई छिटो पकाउने काम नेपालमा नभएर भारतमै हुने र नेपालमा त्यस्ता फलफुल तथा तरकारीहरु आयात हुने गरेको प्लाण्ट क्वारेन्टिन एंव विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले बताउनु भएको छ ।
कारवाईड प्रयोग गरेर पकाईएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकको भनाई छ । रसायनको मद्दतले जबरजस्ती पहेंलो बनाएर बजारमा ल्याईएका त्यस्ता आँपहरु खाँदा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने, झाडापखाला लाग्ने तथा शरीरमा बिभिन्न समस्या आउन सक्ने डा. अभिषेक शर्माका भनाई छ ।
क्याल्सियम कारवाईड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि कुनै पनि फलफुलको बोक्राको सबै भाग एकनासले पहेलो हुने गरी पाकेको छ भने त्यसमा कारवाईड हालेको हुनसक्छ । किनकी प्राकृतिक रूपमा फलफूल प्राय सबैतिर एकनासले पाकेको हुदैन । त्यसैले बजारबाट आँप खरिद गरेपछि भेट्ना तर्फ अलिकति काट्ने् र आधा घण्टासम्म पानीमा डुबाइ राख्ने गर्नुपर्छ , यसो गर्दा हानिकारक बिषादी पानीमा जान्छ, त्यसपछि राम्रोसँग पखालेर बोक्रा फालेर आँपको सेवन गर्न सकिन्छ ।
विषादि प्रयोगको मात्रालाई कृषकको कमाउने दाउ र विषादि प्रयोगका विषयमा सही सूचनामा पहुँच नहुनु, नियमन, अनुगमन र नियन्त्रणप्रति राज्यको उदासिनता साथै सूचना प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसक्नुले पनि विषादीको प्रयोगमा व्यापकता आएको हो । उपभोक्ताले पोषण होइन तरकारी तथा फलफुल मार्फत विष किनेर खानु परिरहेको छ । किरा नियन्त्रणका लागि प्रयोग हुने विषादी सिधै मानव शरीरमा पुगिरहेका छन् । यस विषयमा सरोकारवालाहरुको गम्भिर ध्यानाकषर्ण हुन जरुरी देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, असार १९, २०७६