शनिबार, बैशाख ८, २०८१

घातक रसायनहरु हाली पकाएको आँप यसरी चिनौं

फलहरुको राजा भनिने आँप एउटा यस्तो फल हो जुन धेरै जसो मानिसलाई धेरै मन पर्दछ । केटाकेटी हुन की प्रौढ सबै आँपको मौसमको पर्खाइमा बसेका हुन्छन जसले गर्दा आफुलाई मनपर्ने फल मज्जाले खान सकुँ । तर तपाईको यस खुसीलाई रसायनहरुबाट पकाएको आँप नजर लगाई राखेको छ । कार्वाइडले पकाएको आँप स्वास्थ्यको लागि धेरै नोक्सान दायक हुन्छ । यस घातक रसायन पाँचन तन्त्र सम्बन्धी समस्याहरुका साथ साथै कैन्सर जस्तो खतरनाक रोगहरुको कारण बन्न सक्त छ । जहिले पनि तपाई बजारबाट आँप किन्न जाँदा आँप बारे केहि कुरा विचार गर्नु होला । यसबाट तपाईलाई थाहा हुन्छ कि आँप कृत्रिम तरीकाले पकाएको हो कि होइन ।
आँप नक्कलि हुँदैन तर तिनलाई आकर्षक बनाउनका लागि कार्वाइड नामक रसायन प्रयोग गरी यसलाई पहेँलो रंगको बनाइन्छ । यसले गदाृ यो साच्चीकै पाकेको जस्तो देखिन्छ । यो कार्वाइड नामक रसायन स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ ।
यसरी गरौ पहिचान ः
स्वादमा भिन्नता, कार्वाइडबाट पकाएको आँपको स्वाद सामान्य रुपबाट पाकेको आँप बाटो मिठो मिठो सुगन्ध आउँछ र स्वाद धेरै मिठो हुन्छ । त्यहि अर्कोतीर रसायनले पकाएको आँप छेउबाट काचौ अनि बीचमा मिठो हुन्छ । प्राकृतिक रुपले पाकेको आँप पुरै पहेलो हुँदैन । यीनको रंग अलिकति हरियो अलिकति पहेंलो र थोरै सुनौलो हुन्छ । त्यहि कार्वाइड हाली पकाएको आँप एकदम गाढा पहेलो हुन्छ । कार्वाइड राखी पकाएको आँप चाँडै नै कालो हुन्छ । यसलाई धेरै दिन भण्डारण गर्न सकिदैन । त्यहि प्राकृतिक रुपले पाकेको आँप चाँडै कालो हुँदैन र यी आँपहरुलाई केहि दिनसम्म ताजा राख्न सकिन्छ । आँप किन्नु भन्दा पहिलो त्यसलाई डुवाएर हेर्नुस । पानीमा डुवाउा जुन आँप एकदम तल गएर बस्यो भने त्यो प्राकृतिक रुपले पाकेको हुन्छ र जुन आँप सतहमा नै रहयो भने त्यो कार्वाइडले पकाएको हुनेछ । यस्तो आँप किन्नबाट बच्नुस् ।
क्यालसिय कार्वाइडमा भएको आरसेनिक र फासफोरस पानीले धुँदा जादैनन् । यो शरीरमा गएर मसष्किलाई हानी पु¥याउँछ । यसले गर्दा टाउको दुख्ने पेट र छातिमा जलन हुन्छ । कार्वाइडमा एउटा घातक रसायन हुन्छ जसको सेवन गर्नाले कैन्सर जस्तो खतरनाक रोग लाग्न सक्तछ । यसबाट शरीरका क्यौं अंगहरुलाई नोक्शानी पु¥याउँछ । कार्वाइडमा अवस्थित लैकटोज रसायनहरुको कारण मृगौलाको काम गर्ने तरीकामा असर पर्दछ । यसबाट मृगौला सम्बन्धी समस्या हुन सक्तछ । यसको सेवनले प्यास लाग्ने कमजोरी र थकाइ महशुश हुने स्मरण शक्ति कम हुने छ तथा शरीर सुन्निने जस्ता समस्याहरु पनि हुन सक्तछ । कार्वाइड युक्त आँपले गर्भवति महिलाहरु गर्भमा भएको बच्चाहरुमा विभिन्न खाले विकार उत्पन्न हुन सक्तछ । रसायन हालेर पकाएको आँपको सेवन गर्नाले बान्ता हुने र बेचैनी हुने जस्ता क्यौं समस्याहरु हुने छन् । यस्ता आँप कुनै दयालु गुनी राजा हैन बरु एक खाले क्रुर तानाशाह जस्तो हुनेछ । यसैले उपभोक्ताहरुले बेलैमा सहज हुनु आफ्नो स्वास्थय सुरक्षाका लागि उचित हुनेछ । –डा. केदार कार्की

प्रकाशित मिति: शनिबार, असार ७, २०७६