बिहिबार, चैत्र १५, २०८०

१२ करोड भ्रष्टाचार गरेको आरोपमा महानिर्देशक सहित पाँच जना विरुद्ध मुद्दा दायर

काठमाडौं, असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीकुमार कर्ण सहित ५जना कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले महानिर्देशक कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द वस्ती, लेखापाल रविता श्रेष्ठ, नायव सुव्वा गुरुदत्त गौतम र शाखा अधिकृत भागिरथ आर्चालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ र दफा ८ को उपदफा १ को ञ बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ सजाय मागदावी सहित मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: बिहिबार, असार ५, २०७६