काठमाडौं, असार । कृषि उत्पादन बृद्धि गर्ने योजना सहित नेपाल सरकारको बजेटमा ल्याएको कृषिको ठूलो परियोजनाका रुपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भित्र करीव ४८ करोड भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सवै भन्दाबढी भ्रष्टाचार गर्नेको सूचिमा लेखाका उपसचिव गणेशप्रसाद चालिस भएको अख्तियारले जनाएको छ ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले चालिसेलाई १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपयाँ विगो सहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ र दफा ८ को उपदफा १ को ञ बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम सजाय हुन मागदावी समेत गरेको छ । चालिसेसँगै उनका सहयोगी लेखापाल बालाराम पोख्रेललाई समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तत्कालिन आयोजना निर्देशक नरहरि प्रसाद घिमिरे, वरिष्ट कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ट योजना अधिकृत तिलकराज चौलागाई समेतलाई भने अख्तियारले ८ करोड २६ लाख ९८ हजार ३ सय ७२ हजार भ्रष्टाचार गरेको दावी गरेको छ ।
आरोपित नरहरि घिमिरे यस अघि नै भ्रष्टाचार मुद्दाका कारण निलम्वनमा परिसकेका छन् भने तिलकराज चौलागाई कृषि मन्त्री चक्रपाणी खनालको सचिवालयमा कार्यरत छन् ।
त्यसैगरी केही दिन अगाडि मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजना निर्देशकबाट सरुवा भएर मन्त्रालय हाजिर भएका सहसचिव लक्ष्मण पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेललाई भने ४ करोड १३ लाख ४९ हजार १ सय ८६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ४८ करोड भ्रष्टाचार, आयोजना निर्देशकदेखि लेखापालसम्म तानिए

Add Comment