बिहिबार, बैशाख १३, २०८१

चितवनमा अलैँचीखेती प्रति किसानको आकर्षण बढ्दै

चितवन, असार । तराई र पहाड भूभागको समिश्रण रहेको चितवनमा मौसममा विविधता भएकै कारण यहाँ सबै खालका खाद्यान्न, फलफूल तथा उत्पादन हुने गरेको छ ।
चिसो र तातो दुवै ठाउँमा खाद्य पदार्थ यहाँ सहजरूपमा उत्पादन हुने भएकाले चितवनमा स्याउदेखि आँपसम्मका फलफूल खेती गरिएको छ । मकै कोदोदेखि तोरी फापरसम्मका खाद्यबाली यहाँ उत्पादन हुनाका साथै नयाँ–नयाँ खेतीसमेत परीक्षण हुँदै आएको छ । पछिल्लो प्रयोगले जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अलैँची खेतीको राम्रो सम्भावना देखिएको छ । अध्ययन, अनुसन्धान र त्यसको सफलतापछि इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पहिलोपटक अलैँचीखेती शुरु गरिएको हो ।
सुनाखरी कृषक समूहमार्फत स्थानीय २० घर परिवारले छ हजार बिरुवा रोपेर अलैँची खेती शुरु गरेका छन् । परीक्षणका लागि लगाइएको खेती राम्रो हुँदै गएकाले व्यावसायिकरुपमै अलैँचीँ खेतीको सम्भावना देखिएको हो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६