बिहिबार, चैत्र १५, २०८०

बोर्ड संस्थान कहिलेसम्म प्रमुख विहिन भईरहने ?

काठमाडौं, असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका संस्थान तथा बोर्डमा कार्यालय प्रमुख रिक्त भएको कतै महिनौ विते, कतै बर्षौ विते तर कृषि मन्त्री चक्रपाणी खनालले कार्यालय प्रमुखहरु नियुक्त गर्न सकेका छ्रैनन ।
हुन त विगतमा राजनीतिक नियुक्ति दिइँदै आईरहेका ती कार्यालयहरु खुल्ला प्रतिष्पर्धा माफर्त नियुक्ति गराउने सोच मन्त्री खनालको छ । जसले विगतमा राजनीतिक नियुक्तिका कारण देखिएका विकृति रोक्नका लागि निकै सहज पनि हुन्छ ।
खुल्ला प्रतिष्पर्धा मार्फ बोर्ड तथा संस्थानमा प्रमुखहरु नियुक्ति गर्न सके ती प्रमुखहरु कार्यप्रति जिम्मेवारी हुने छन् । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मातहतको चिया तथा कफी विकास बोर्ड, राष्ट्रिय बीउ विजन कम्पनी, कृषि सामग्री लिमिटेड, दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, कपास विकास समिति, नेपाल कृषि अनुसन्धान परिषद् समेत प्रमुख विहिन रुपमा चलिरहेको छ ।
निमित्तका भरमा चालु आर्थिक वर्ष नै करीव करीव सकिन लागिरहेको छ । यस्तो अवस्थामा नेपालको कृषि क्षेत्रको विकास हुन्छ भन्नु वा हामी कृषिमा आत्मनिर्भर हुन्छौं भनेर डिङ्ग हाँक्नु भन्दा धमाधम रिक्त स्थानहरुमा कार्यालय प्रमुखहरु खुल्ला प्रतिष्पर्धा मार्फत नियुक्ति गर्दा उचित हुन्थ्यो होला ।
अहिले कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल प्रधानमन्त्री कार्यालयको ‘रेड जोन’मा परेका छन् । रेड जोनमा पर्नु भनेको कार्य क्षमतामाथि प्रश्न उठ्नु पनि हो । यसको मतलव सँधै रेड जोनमा मात्र रहन्छ भन्ने पनि होइन । तसर्थ आधा दर्जनभन्दा धेरै कार्यालयहरुमा रहेको रिक्तता पूरा गर्ने तर्फ सचेत भएर लाग्ने हो हो रेड जोनबाट मन्त्री खनाल बाहिर पनि आउन सक्छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले लामो समयसम्म आफू मातहतको बोर्ड संस्थानमा कार्यालय प्रमुख विहिन भईरहँदा पनि मौन छन् । यो मौनालाई तोड्डै खुल्ला प्रतिष्पर्धाका माध्यमबाट धमाधम नियुक्ति गर्ने हो भने मन्त्री पद पनि रेड जोनबाट ग्रिन जोन तिर आउन सक्थ्यो ।

प्रकाशित मिति: सोमवार, असार २, २०७६