शुक्रबार, चैत्र १६, २०८०

४० लाख सिध्याउन कालीमाटी बजारबाट थाइल्याण्ड र भियतनाम भ्रमण

काठमाडौं, असार । आर्थिब वर्षको अन्त्यमा ४० लाख बजेट सिध्याउन कालीमाटी तरकारी तथा फलफूल विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल सहितका ११ जना टोली थाईल्याण्डमा मस्ती गर्न हिडेका छन् । समितिले हरेक वर्ष यसैगरी थाइल्याण्ड भ्रमण गराउने गरेको छ । तर अवलोकन भ्रमण पश्चात बजार समितिमा कुनै पनि उपलब्धी देखिएको छैन ।
कालीमाटी तरकारी बजारलाई व्यवस्थित बनाउनका लागि विदेशको बजार अवलोकन गर्नु र त्यसलाई कार्यान्वयन ल्याउनका लागि भ्रमण उचित होला तर हरेक वर्ष एकै स्थानमा भ्रमण गर्नु केवल भत्ता पचाउने काम बाहेक अरु केही नभएको आरोप लागेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले अस्तव्यस्त छ । बजार भित्रको सिण्डिकेट रोक्ने प्रयास पटक पटक भएपनि विफल भईरहेको छ । बजार भित्रको स्टलमा मनोमानी ढंगले ठेकेदारी प्रथामा सञ्चालन भईरहेको छ । बर्षौदेखि विदेश भ्रमणमा देखिएका र गर्नु पर्ने काम समितिले गर्न सकेको छैन ।
हुन त कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मन्त्री भए लगतै गरेको अवलोकन भ्रमणको पनि खासै उपलब्धी हासिल हुन सकेन । पाँच दर्जन भन्दा बढी स्टल गैरकानूनी ढंगले बसिरहेका छन् । समितिलाई भाडा समेत नदिई बसिरहेका छन् ।
कालीमाटी तरकारी बजार समितिका कार्यकारी निर्देशक सहित उच्च पदका कर्मचारीहरु, कर्मचारी संगठनका नेता, किसानका प्रतिनिधि भनिएको छ । तर भ्रमणमा जाने कार्यकारी निर्देशक, सहायक कार्यकारी निर्देशक, वरिष्ट कानून अधिकृत, योजना अधिकृत, बोर्ड सदस्य ३ जना, कृषि विभागका प्रतिनिधि १ जना, कर्मचारी संगठनबाट १ जना र किसान प्रतिनिधि १ जना र व्यवसायीका तर्फ गरी ११ जना थाईल्याण्ड र भियतनाम पुगेका छन् । चालु आर्थिक वर्षका लागि समितिले ४0 लाख भ्रमणका लागि छुट्याएको थियो ।

प्रकाशित मिति: आइतवार, असार १, २०७६