शुक्रबार, बैशाख ७, २०८१

बजारमा विषाक्त आँप छ्याप्प छ्याप्ती, के हेर्दैछ प्रशासन ?

काठमाडौं जेठ । यो महिना आँपको लागि बेमौसमको महिना हो । तर अहिले बजारमा कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । भारतको विभिन्न स्थानबाट ल्याइएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने बिषदि युक्त आँप बजारमा खुला रुपमा बिक्रि भैरहदा प्रशासन भने मौन रहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु उपत्यका भित्र खुल्ला रुपमा बिक्रि भैरहेको हो । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १६, २०७६