बिहिबार, चैत्र १५, २०८०

दुई वर्षमा दूधमा आत्मनिर्भर हुने

ललितपुर, जेठ । प्रशोधित दुध पिऔं, स्वस्थ र खुशी रहौं भन्ने मुल नाराका साथ राष्ट्रिय दुग्ध विकास बोडैले अन्तराष्ट्रिय दूध दिवस मनाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रि दूध दिवसको तयारी सम्वन्धमा जानकारी दिन बोर्डले आयोजना गरेका पत्रकार सम्मेलनमा बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले आगामी दुई वर्षभित्र नेपाललाई दूध उत्पादनमा आत्मनिर्भर बनाइने बताएका थिए ।

अन्तराष्ट्रिय दुध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले अन्य संस्थाहरुको सहकार्यमा जेठ १८ गतेका दिन बिभिन्न कार्यक्रम गरी मनाउदैँ छ ।
दूध दिवसको अवसरमा बोर्डले भेटनरी कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्रभातफेरी शुरु गरी बोर्डको प्रांगणमा मुल समारोह गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १६, २०७६