बिहिबार, बैशाख ६, २०८१

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई बजेट बृद्धि

काठमाडौं, जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट वक्तव्य मार्फत नेपाल सरकारको लगानी सञ्चालन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनका लागि ८ अर्व १० करोड बजेट विनियोजन गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुर्न संरचना सहित सो बजेट विनियोजित गरिएको बताएको छ । चालु आर्थिक वर्षमा परियोजनाको कूल बजेट ४ अर्व ७७ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको बजेटमा ३ अर्व ३३ करोड बृद्धि गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १५, २०७६