शुक्रबार, बैशाख ७, २०८१

आगामी आर्थिक वर्ष कृषिका लागि ३४ अर्व ८० करोड बजेट

काठमाडौं, जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ मा कृषि क्षेत्रका लागि ३४ अर्व ८० करोड रकम विनियोजन गरिएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सो बजेट विनियोजन गरेको बताएका हुन् ।
आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २५ अर्वको सीमा तोकेर बजेट तयार गर्न निर्देशन दिएको थियो । सोही अनुरुप कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २५ अर्वको बजेट पठाएको भएपनि बजेट भाषणमा ३४ अर्व ८० करोड बजेट विनियोजन भएको छ ।
कृषि क्षेत्रका लागि बजेट अपुग भयो भनिरहेका बेला अर्थमन्त्रीले ल्याएको बजेट भाषणमा ९अर्व थपिनु पक्कै पनि कृषि क्षेत्रका लागि खुशीको कुरा भएको छ । तर बजेट अधिकतम अनुदान केन्द्रित देखिएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १५, २०७६