शुक्रबार, बैशाख ७, २०८१

पद लोलुप पशुचिकित्सकलाई दुईतिर नियुक्ति

काठमाडौं, जेठ । नेपाल कृषि अनुसन्धान परिषद्का प्रशासन महाशाखाका निर्देशक डा सीताराम अर्याल दुई तिर सरकारी नियुक्ति पाउने भाग्यमानी पशुचिकित्सक परेका छन् । उनलाई एक बर्ष अघिदेखि परिषद्को प्रशासन महाशाखाको निर्देशक बनाइएको छ । जसका कारण परिषद्को प्रशासन ध्वस्त नै भएको देखिन्छ । भने उनले सम्हाल्नु पर्ने पशु तथा मत्स्य महाशाखा पनि अलपत्र परेको छ ।
यता निर्देशकका रुपमा प्रशासन सम्हालिरहेका पशु चिकित्सक अर्याललाई कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको आर्शिवादका कारण पशु चिकित्सा परिषद्को अध्यक्ष समेत हाँकिरहेका छन् । दुवैतिरको सरकारी सुविधा लिन नपाउँने नियमलाई समेत धज्जी उडाउँदै पद लोलुप देखिएका अर्याल नार्क र परिषद् एकै पटक हाँकिरहेका छन् । यसले गर्दा न त कृषि अनुसन्धान परिषद्को विकास भएको छ न त पशु चिकित्सा परिषद् नै । एउटै व्यक्तिलाई दुई दुई स्थान जिम्मेवारी दिंदा त्यसबाट आईपर्ने समस्या कसले व्यहोर्ने ? बरु विज्ञताका आधारमा विशेष स्थानमा पो जिम्मेवारी दिँदा उचित हुन्थ्यो कि ?

प्रकाशित मिति: सोमवार, जेष्ठ १३, २०७६