काठमाडौं, जेठ । पाँच वर्ष भित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रधानमन्त्रीको घोषणाको एक वर्ष वितिसकेको छ । अवको चार वर्षभित्र उत्पादकत्व दोव्वर गराउनका लागि कृषि क्षेत्रमा धेरै कुराको परिवर्तन हुनु जरुरी छ त्यसका लागि सरकारले आफ्दै लगानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालन गरेको करीव ३ वर्ष पुग्न लाग्यो, तर उत्पादकत्व बृद्धि हुन सकिरहेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भित्रको तरकारी जोनका रुपमा रहेको नुवाकोटको कृषि उत्पादनका बारेमा जोनका प्रमुख डा कमलराज गैरेसँग वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश ः
० नुवाकोट तरकारी जोनले कसरी काम गरिरहेको छ ?
नुवाकोट जिल्लामा चारवटा स्थानीय तहका १५ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन भएको छ । यसको मुख्य उदेश्य चाहि काठमाडौंसँग जोडिएको जिल्ला भएका कारण तरकारी बजारका लागि नजिक भएका कारण तरकारी उत्पादन बृद्धि गरेर किसानहरुको आय आर्जन बढाउने नै यसको उदेश्य हो । विदेशबाट तरकारी ल्याउनु नपरोस् । नुवाकोटमा उत्पादन भएको तरकारीले तरकारी आयातलाई पनि प्रतिष्थापन गरोस् भन्ने यसको उदेश्य हो । त्यही अनुरुप तरकारी जोन गत वषदेखि शुरु भएको हो । किसान सम्मिलित जोन सञ्चालक समिति पनि हामीले बनाएका छौं । मुख्य रुपमा हामीले उत्पादनको पूर्वाधार र बजारको पूर्वाधारका लागि महत्व दिएर कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
० किसानहरु कत्तिको आकर्षित हुनु भएको छ ।
किसानहरु त धेरै नै आकर्षित हुनुभ एको छ । तर हामीले हाम्रा लागि कस्तो किसानहरुलाई उत्प्रेरित गरिरहेका छौं भने जुुन किसानले व्यवसायिक रुपमा तरकारी उत्पादन गरी विक्री वितरण गरिरहनु भएको छ । त्यस्ता किसानहरुलाई हामीले समेटेका छौं । व्यवसायिक रुपक तरकारी उत्पादन गरिरहनु भएका र गर्न चाहनु भएका किसानहरुलाई विभिन्न किसिमले सहयोहामीले गरिरहेका छौं । एउटा हामीले प्राविधिक सहयोग दिएका छौ. भने अर्को उत्पादन र बजारको पूर्वाधारका लागि सहयोग गरिरहेका छौं । त्यसका लागि एक सयवटा प्लाष्टिक घर निर्माणमा हामीले सहयोग गरेका छौं भने जोत्नका लागि कृषि यान्त्रिकीकरणलाई जोड दिएका छौं । यसका लागि हामीले कृषि सहकारी, कृषि समूह र कृषि फार्महरुलाई १ सय १५ वटा मिनि टिलरहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका छौं । त्यसैगरी तरकारी उत्पादन गरिरहनु भएका किसानहरुले ढुवानीको समस्या भएको गुनासो गरेपछि समस्या समाधान गर्नका लागि स्थानीय तहलाई नै संलग्न गराएर अनुदानमा गाडीमा पनि उपलब्धगराएका छौं । यसकालागि लागि स्थानीय तह र जोनले ८५ प्रतिशत अनुदान दिएका छौं भने वाँकी सहकारीहरुले नै लगानी गर्नु भएको छ । यसले तरकारी उत्पादनका लागि किसानहरुको आकर्षण बढ्दै गईरहेको छ । तर तरकारीको मूल्यमा हुने उतारचढावले गर्दा उहाँहरुलाई केही गाह्रो भईरहेको छ ।
० किन त्यसो भएको अनुमान गर्नु भएको छ ?
किसानहरुले तरकारी बाली लगाउने समयमा तलमाथि गरिरहनु भएको छ । जुन बेला बाली लगाउनु पर्ने हो त्यो गरिरहनु भएको छैन । त्यसका लागि हामीले किसानहरुलार्य जानकारी पनि गराईसकेको छौं । यसले के पुष्टि पनि गर्दछ भने आगामी वर्षहरुमा नुवाकोटबाट प्रशस्त तरकारी बजारमा जाने छ ।
० तर तरकारी उत्पादन गर्ने किसानहरुले लागत मूल्य पाएनन् बढी विचौलियाहरु मोटाउँछन् भन्ने चर्चा र बहस पनि छ नि ?
कुरा ठिकै पनि हो । तर लागत मूल्य भनेको कति हो भन्ने एउटा कुरा छ । नेपालको कृषि व्यवसायिक भन्दा पनि जीविकोपार्जनका लागि मात्र भएको छ । निकै मिहिनेत गरेर छोराछोरी हुर्काए जस्तै हुकाएको तरकारीको भाउ निर्धारण अरुले गर्नु परिरहेको छ । तरकारीको भाउ निर्धारण विचौलियाले गरिदिनु पर्ने जसका कारण किसानहरुको चित्त दुखिरहेको छ । तर तरकारी उत्पादन गर्ने किसानहरुलाई नुवाकोटको हकमा बजार पनि भएका कारण घाटा नै हुने लागत मूल्य नआउने भन्ने हुँदैन । तरकारीमा घाटा हुने देख्दै देख्दिन । यो वर्षको कुरा गर्ने हो भने नुवाकोटका किसानहरुले घाटा व्यहोर्नु परेको छैन । तर तपाइँले भने जस्तै विचौलियाको समस्या भने देखिन्छ । यसलाई समाधान गर्नका लागि किसानलाई नै लिएर हामीले निकै नै छलफल पनि गरिरहेका छौं । त्यसका लािग हाट बजार समेत स्थापना गरेका छौं । प्रत्यक्ष रुपमा किसानहरुले उपभोक्ताहरुलाई विक्री गर्न सक्नु हुने छ भने हामीले जोनमा आवद्ध किसानहरुले पनि काठमाडौंका केही तरकारी बजारहरुमा स्टल लिएर नै आफूले उत्पादन गरेको तरकारीहरु विक्री वितरण गर्ने गर्नु भएको छ । किसान र स्टलसँग सिधा सम्पर्क भएकाले हामीले विचौलियालाई न्यूनिकरण गर्नका लागि प्रयास गरिरहेका छन् ।
० बजारीकरणको समस्या छैन ?्
अन्य जिल्लामा जस्तो नुवाकोटमा उत्पादित तरकारीका लागि बजारको समस्या छैन । त्यो समस्याबाट हामीले मुक्त गरेका छैनौं ।
० तरकारीको जोन स्थापना भयो तर समस्याहरु धेरै छन् भनिन्छ नि के के छन् समस्या ?
नुवाकोटको हकमा आगामी पाँच वर्षभित्र किसानहरुको आम्दानी दोव्वर बनाउन नसकिए किसानहरुले कृषि पेशा नै छाड्ने सक्ने देखिन्छ । यो नुवाकोटको मात्र समस्या होइन देशैभरीको समस्या हो । कृषि पेशा भनेको अरु कुनै पनि काम नपाएपछि गरिने पेशााका रुपमा लिइएको छ । कृषिमा संलग्नहरुलाई मानसम्मानदेखि धेरै कुरा छैन । पढेको व्यक्ति खेतमा जानु नै हुँदैन भन्ने मानसिकता छ त्यसलाई अन्तय गर्नु पर्दछ । अर्को महत्वपूर्ण कुरा के हो भने कृषि फाइदा मूलक क्षेत्र हो भन्ने कुरा बुझाउनु पर्दछ । हुन त यो वर्ष बजारको समस्या छैन तर अहिलेकै जसरी तरकारी उत्पादन बढ्ने हो भने अर्को वर्ष तरकारी निकै नै बढ्छ त्यसबेला बजारको समेत समस्या पर्न सक्छ । नेपालको समस्या नै बजार भएकाले छिमकी देश भारत, चीनले तरकारी बजारको व्यवस्था कसरी गरिरहेका छन् त्यस्तै शिक्षा हामीले लिएर अगाडि बढ्नु पर्दछ । कृषि क्षेत्रलाई तीनै तहका सरकारले सहयोग नगर्ने हो भने कृषि क्षेत्र नै ध्वस्त हुने देखिन्छ । त्यस्तो ध्वस्त हुनबाट जोगाउनु पर्ने अवस्था छ ।
० वर्तमान कृषिको सांगठिक संरचना हेर्ने हो भने त कृषि क्षेत्र ध्वस्त नै भइसकेको जस्तो देखिन्छ नि होइन ?
ठिक कुरा गर्नु भो । अहिले भएको पर्नुसंरचनाले कृषि निकै नै समस्या परेको छ । कृषि प्रसार आफैमा एउटा विज्ञान हो । त्यो पक्षलाई विर्षेर काम गरिएको जस्तो लागेको छ । कृषिमा भएको पुर्नसंरचना हेर्ने हो भने माटो विज्ञ एकातिर, बीउ विज्ञ एकातिर, किरा विज्ञ एकातिर पठाएर कृषि विकास कसरी हुन्छ । ती विज्ञहरुलाई एकै ठाउँमा राखेर पो विकास गर्न सकिन्छ । त्यसकारण यसलार्य पुर्नमूल्याकन गर्नु जरुरी छ । अर्का पाटो भनेको स्थानी तह, प्रदेश तह र संघमा काम गर्ने कर्मचारीहरुको वीचमा समन्वयको अभाव रहेको छ । त्यो अभावलाई हामीले बेलैमा समाधान गर्न सकेनौ भने थप अर्को जटिल समस्या आउँछ । मानौ नुवाकोटको शिवपुरी गाउँपालिकामा कुनै रोगकिराको वा अन्य कुनै समस्या प¥यो भने सिंधै केन्द्रसँग सम्पर्क गरेर तत्काल त्यो समस्या समाधान गर्न सक्ने वातावरण बन्नु पर्दछ अहिले त्यो छैन ।– वैकुण्ठ भण्डारी
कृषि क्षेत्रलाई सहयोग नगर्ने हो भने ध्वस्त हुने देखिन्छ

Add Comment