बिहिबार, चैत्र १५, २०८०

कृषि उत्पादन बृद्धि गर्ने भनिएको परियोजनाको उपलब्धी खोइ : प्रचण्ड

काठमाडौं, वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशौं वर्षदेखि कृषिमा आधुनिकीकरण गर्ने भन्दै योजना बनाए पनि दिनप्रतिदिन आत्मनिर्भरता होइन परनिर्भरतातिर धेकेलिरहेको कारण खोज्नु पर्ने बेला आएको बताएका छन् ।
काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय प्रांगरिक कृषि सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । उनले दशौं वर्ष अघिदेखि आधुनिक खेती गर्ने, मल विषादी प्रयोग गर्ने कृषि उत्पादन बृद्धि गर्ने भनिएपनि अवौंको खाद्यान्न आयात गरिनु पर्ने अवस्था आउनु विडम्वना भएको बताए ।
विगतमा ठूलो परिमाणमा कृषि उपज निर्यात गर्ने नेपाल अहिले आयात गर्ने मात्र होइन अर्काको भर पर्नु पर्ने अवस्था आउनुको कारण के हो भन्दै कृषि विज्ञहरुलाई प्रश्न गरेका थिए ।
कृषिमा आधुनिकीकरणको कुरा गर्ने, व्यवसायिकताको कुरा गर्ने अनि अवौंको खाद्यान्न आयात गर्नु ठिक हो उनले प्रश्न गरेका थिए । कृषिमा आधुनिकीकरण गर्नका लागि अर्वौका परियोजना नै सञ्चालन गर्दा पनि कृषि उत्पादकत्व बृद्धि हुन सकेन त्यसको उपलब्धी खै भन्दै गुनासो समेत गरेका थिए ।
नेपालमा कृषि उत्पादनका लागि गरिएको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसक्नु छिमेकी मुलुकबाट आयात गरिने कृषि उपजमा प्रतिष्पर्धा गर्न नसक्नुको कारण के हो भन्दै कसका कारण कृषि क्षेत्रको विकास हुन नसकेको हो खोजी गर्नु पर्ने बेला आएको उनको भनाई थियो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३१, २०७६