शुक्रबार, चैत्र १६, २०८०

पशु विभागको महानिर्देशकमा बंशी शर्मा, विमल मन्त्रालय तानिए

काठमाडौं, वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको पशु सेवा विभागको महानिर्देशक पदमा डा.वंशी शर्मालाई लगिएको छ । यस अघि महानिर्देशकका रुपमा डा. विमलकुमार निर्मल थिए । दुई वर्षभन्दा बढी समय महानिर्देशकका रुपमा काम गरेका डा विमलकुमार निर्मललाई भने पशुपन्छी विकास मन्त्रालयमा तानिएको छ ।
पशु सेवा विभागको महानिर्देशक हटाउने विषयमा विगत ४ महिना अगाडिदेखि नै प्रयास भएको थियो । मन्त्री चक्रपाणी खनालले गत असोज मै महानिर्देशक हटाउने प्रयास गरेको भएपनि सकेका थिएनन् । त्यस बेला महानिर्देशक हटाउनका लागि नेकपा निकट कर्मचारीबाट तीव्र दवाव आएका थियो ।
त्यस ताका महानिर्देशकका लागि डां वंशी शर्मा, वर्तमान उपमहानिर्देशक डा सम्झान काफ्ले, डा.महेश विष्ट प्रतिपर्धीका रुपमा रहेको थिए । प्रतिष्पर्धामा रहेका मध्ये महेश विष्टलाई प्रदेश नं. ७ को सचिवका रुपमा पठाएको छ । उपमहानिर्देेशक काफ्लेलाई यथावत राखिएको छ भने वरिष्ठताका आधामार डा वंशी शर्मालाई महानिर्देशक बनाइको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा पशु औषधी आयात व्यवस्थापन, दानाको गुणस्तर, तथा गड्डा चौकी लगायतका भारतबाट नेपाल भित्रने पशुपन्छीको स्वास्थ्य परिक्षणका विषय चर्को विवाद देखिएको छ । यस विषयमा महानिर्देशकले समस्या समाधान कसरी गर्ने छन् त्यो पनि हेर्न वाँकी नै छ ।

प्रकाशित मिति: आइतवार, बैशाख १५, २०७६