मङ्लबार, बैशाख ४, २०८१

कृषि तथा पशुपन्छी मन्त्रालयलको वैदेशिक भ्रमण मै १५ करोड स्वाहा

काठमाडौं, वैशाख । अनावश्यक वैदेशिक भ्रमण भन्दै पटक पटक विवादमा आईरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत एक वर्ष अवधिको भ्रमणमा १४ करोड रुपैयाँ स्वाहा गरेको छ ।
नेपाल सरकारको श्रोतबाट व्यहोरिने गरी विभिन्न मुलुकमा गरेको बैदेशिक भमणमा गएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ८सय २३ जना कर्मचारीको खर्च १४ करोड ७६ लाख ४१ हजार भएको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार कर्मचारीहरुको वैदेशिक भ्रमणका क्रममा भ्रमण खर्च नियमावली २०६४ अनुसार दैनिक भक्ताको ५० प्रतिशत भुक्तानी गर्नु पर्नेमा पुरै भुक्तानी गरेको देखिन्छ ।
करीव १५ करोड रुपैयाँ खर्च गरेर वैदेशिक भ्रमण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीहरुबाट त्यस पश्चात प्राप्त उपलब्धी भने शुन्य देखिएको छ । विदेश भ्रमण वा अध्ययनबाट प्राप्त ज्ञान तथा सीपलाई किसानसम्म पु¥याउनु पर्ने भएपनि त्यसो भने हुन सकेको छैन ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३, २०७६