शनिबार, बैशाख ८, २०८१

नेपाल कृषि मेशिनरी व्यवसायी संघमा पुन : स्वयम्भु


काठमाडौं, चैत्र । नेपालमा कृषि यन्त्रहरु निर्माण तथा आयात गरी विक्री वितरण गर्दै आईरहेको व्यवसायीहरुको संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघको तेस्रो साधारण सभाले पुन स्वयम्भु श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
चितवनमा आयोजित तेस्रो साधारण सभाले विटिएल टे«डका प्रवन्ध निर्देशक समेत रहेका स्ययम्भु कृष्ण श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ । जसमा उपाध्यक्ष खोजराज कट्वाल, महासचिवमा कृष्ण शर्मा, सचिवमा जेपी घिमिरे, कोषाध्यक्षमा अर्जुन लुइँटेल, सदस्यहरुमा महेन्द्रप्रसाद कँडेल, गौतम महर्जन, दुर्गा दाहाल, ओमकृष्ण श्रेष्ठ, गौरव श्रेष्ठ, पशुराम चापागाई, राजाराम तिवारी र रणबहादुर न्यौपाने रहेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र २५, २०७५