बिहिबार, चैत्र १५, २०८०

किन लगियो तेजबहादुर सुवेदीलाई योजना महाशाखामा ?


काठमाडौं, चैत्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना महाशाखामा प्रवक्ता समेत रहेका कृषि विकास महाशाखा प्रमुख तेजबहादुर सुवेदीलाई सरुवा गरिएको छ ।
सो महाशाखाका सहसचिव योगन्द्रकुमार कार्की प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सरुवा भएपछि सो महाशाखाका प्रमुख पद रिक्त भएको थियो ।
तेजबहादुर सुवेदी मन्त्रालयमा सरुवा भएर आउनु अघि कृषि तथा खाद्य सुरक्षा परियोजनाका प्रमुखका रुपमा काम गरिरहेका थिए । सो परियोजनामा रहँदा उनी निकै विवादित भएका पनि थिए । विशेष गरी परियोजना सञ्चालन भएका जिल्लामा नक्कली किसानहरु खडा गरी अनुदान रकमको भुक्तानी गरी आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
वर्तमान कृषि मन्त्री चक्रपाणी खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समय पछि नै सुवेदीलाई मन्त्रालय तानिएको थियो । त्यसबेला नै उनलाई कृषि मन्त्रालयको प्रवक्ता सहित योजना महाशाखाको प्रमुख बनाउने तयारी गरिएको थियो ।
तात्कालिन अवस्थामा योजना महाशाखाका प्रमुखका रुपमा रहेका योगेन्द्र कार्कीलाई नहटाउन नेकपा भित्रैबाट मन्त्रीलाई दवाव परेको थियो । मन्त्रालयमा योजना महाशाखाका लागि योग्य व्यक्ति अरु नभएको भन्दै मन्त्रीलाई दवाव परेपछि मन्त्रीले सुवेदीलाई प्रवक्ता र कृषि विकास महाशाखाको जिम्मेवारी दिएका थिए ।
अहिले कार्की सरुवा भएर गएका कारण सुवेदीलाई योजनामा लैजान मन्त्रीलाई बाटो खुलेको थियो । कृषि विकास महाशाखाल नै काम गर्न नसकिरहेको अवस्थामा कालीकाटी तरकारी बजारको अध्यक्ष, प्रांगारिक कृषि उत्पादनका लागि बनेको कार्यदल लगायत जहाँ पनि सुवेदीलाई नै जिम्मेवारी दिन थालेपछि मन्त्रालयका कर्मचारी मन्त्रीसँग रुष्ट पनि थिए ।
अहिले पनि उनलाई योजना महाशाखामा लगिएपछि धेरै व्यक्ति रुष्ट बनेका छन् । मन्त्रालयमा रहेका अर्का सहसचिव गोविन्द प्रसाद शर्मालाई योजना महाशाखामा लैजाने तयारी नभएको पनि होइन तर उनी कांग्रेस निकट भएको भन्दै उनलाई सो महाशाखामा नलगिएको श्रोतले बताएको छ । हुन पनि कृषि विभागको महानिर्देशक सुर्य पौडेललाई बनाईरहँदा सहसचिव मध्येका सिनियर शर्मालाई प्याक्टमा लगेर थन्क्याउने काम गरिएको थियो । मन्त्रालयमा रहेको सहसचिव मध्ये उनलाई वौद्धिक सहसचिवका रुपमा लिने गरिएको छ । जे जस्तो भएपनि तेजबहादुर सुवेदीले आईतबारबाटै योजना महाशाखा प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्ने छन्
किन लगियो सुवेदीलाई
तेजबहादुर सुवेदी मन्त्रालय भित्रका चतुर सहसचिवहरु मध्ये एक मानिन्छ । धेरै नबोल्ने तर भित्र भित्रै व्यक्तिलाई सिध्याउनमा उनलाई माहिर मानिने गरेको छ । कुनै बेला माओवादी निकट देखिएका उनी त्यसैका फाइदा अहिले लिईरहेका छन् । तेजबहादुरलाई काम लगाउन सजिलो र जे भन्यो त्यही कुरा पु¥याईदिने भएकाले पनि सो महाशाखामा लगिएको बताइएको छ । आगामी आर्थिक वर्षका लागि मन्त्रालयले योजना तर्जुमा गरिरहेकै अवस्थामा उनलाई सो महाशाखामा सरुवा गर्दा नीतिगत रुपमा नै चलखेल गर्न सकिने मन्त्री लगायतका उच्च कर्मचारहरुले चाहे जस्तो कार्यक्रम आगामी बर्षको योजनामा राख्ने शर्त सहित लगिाएको बुझिएको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र २४, २०७५