बिहिबार, चैत्र १५, २०८०

हावाहुरी प्रभावित जिल्लामा मन्त्रालयले खटायो प्रतिनिधि


काठमाडौं, चैत्र । हावाहुरी प्रभावित जिल्ला बारा र पर्साको क्षति विवरण संकलन एवं किसान राहत र पुर्नरुत्थायनका लागि भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक टोली बारा र पर्सा खटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयका उपसचिव अर्जुनप्रसाद बरालको संयोजकत्वमा पाँच सदस्य टोली प्रभावित जिल्लामा पठाएको हो ।
मन्त्रालयले कार्यदल नै गठन गरेर विहिबार टोली खटाएको बताएको छ । हावाहुरीका कारण बारा तथा पर्साका हजारौं किसानहरु प्रभावित भएका छन् । किसानहरुका घरहरु भग्नावशेषमा परिणत भएको छ भने घरभित्रका अन्न वाली पूर्ण रुपमा नष्ट भएका छन् । त्यसैग गरी पशुपन्छीहरु तर्फ पनि निकै क्षति भएको बताएको छ ।
मन्त्रालयबाट खटिगएको टोलीले क्षतिको विवरण संकलन गर्ने तथा प्रभावित किसानहरुको आर्थिक पुर्नउत्थानका लागि गर्नु पर्ने कार्य किसानहरुको राय अनुसार प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाउने छ । बारा र पर्सा जाने टोलीहरुमा संयोजक बराल, डा चन्द्रवीर कुँवर, विनोद ज्ञवाली, कमल प्रसाद शर्मा, सुदिप देवकोटा रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५