बुधबार, बैशाख १२, २०८१

आँधी हुरीमा परे किसान तर मन्त्रालयले चासै दिएन


काठमाडौं, चैत्र । हावाहुरीबाट प्रभावित बारा र पर्साका किसानहरुका बारेमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभविज्ञता जनाएको छ । हजारौ किसानहरु यतिखेर हावाहुरीको चपेटामा परेका छन् । विपद् व्यवस्थापन गृह मन्त्रालयले गरेको भएपनि हावाहुरीका कारण कति नोक्सानी भयो भन्ने विषयमा मन्त्रालयले चासो दिन नसक्नु दूर्भाग्यको कुरा हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति हुने भएको भएपनि आआफ्नो क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले के गरिरहेका छन् भन्ने कुरा प्राथमिकतामा पर्नु पर्ने थियो तर त्यसो पनि हुन सकेन ।
विपद्मा पहिलो प्राथमिकता मानिसले पाए जस्तै जोखिममा परेका पशुपन्छीहरुको उद्धारमा किन चासो दिएन भन्ने प्रश्न पशु अधिकारकर्मीहरुले गर्न थालेका छन् । हुन त विगतमा जिल्लामा कृषि तथा पशु सेवा कार्यालय रहेकै कारण तथ्यांक संकलनका लागि सहज थियो तर अहिले त्यो अवस्था रहेन । जिल्ला कृषि कार्यालय तथा पशु सेवा कार्यालय खारेजीसँगै पुर्नस्थापित भएको ज्ञान केन्द्रहरुले काम गरेको पाएको छैन ।
हावाहुरीका कारण २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले सार्वजनिक गरिसकेको भएपनि के के संख्यामा पशुपन्छीहरु प्रभावित परे तथ्यांक आईनसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
हावाहुरीबाट कृषि क्षेत्रमा भएको नोक्सानीका बारेमा कृषि विभागमा बुझ्ने प्रयास ग¥यौं तर विभागका महानिर्देशक सूर्य पौडेलले जिल्लामा विभाग मातहतका कुनै पनि संरचना नभएकोले त्यसबारे आपूm पनि अनविज्ञ रहेका बताए ।
हावाहुरीबाट धेरै पशुपन्छी समेत प्रभावित भएको भनिएता पनि मन्त्रालयले चासो नदिएको देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा विमल निर्मलसँग सम्पर्क हुन सकेन ।
त्यसैगरी बारा र पर्साका किसानहरुको अवस्था, भएको क्षतिका बारेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ का सचिव डा विजयचन्द्र झाले प्रभावित गाउँपालिकाहरुका पशु चिकित्सहरुको टोली खटाएको र पशुपन्छीहरुको उपचारका लागि सक्रिय रहेको बताए । उनले प्रारम्भिक तथ्यांक संकलन कार्य भईरहेको भन्दै कृषि तर्फ गहुँ, दाल लगायतका कृषि उपजहरु नोक्सान भएको बताए । उनले विहिबारसम्म सवै तथ्यांक आईपुग्ने समेत बताए ।

प्रकाशित मिति: बुधबार, चैत्र २०, २०७५