शुक्रबार, चैत्र १६, २०८०

गैरकानूनी रुपमा भित्रिँदै पशु औषधी, हेर्ने कसले ?

काठमाडौं, चैत्र । झट्ट हेर्दा पशु औषधी त हो नि भनिए पनि त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ । पशुपन्छीका लागि प्रयोग गरिएका औषधीका कारण पनि मानव स्वास्थ्यमा असर पर्ने गरेको तथ्यांकमा देखिन्छ ।
पछिल्लो समयमा पशुपन्छीका लागि विभिन्न देशबाट आयात गरिएका औषधीहरु गैरकानूनी ढंगले भित्रन थालेका छन् । नेपालमा दर्ता नभएका तथा प्रतिवन्धित पशु औषधीहरु छ्यापछ्याप्ती भेटेरीनरी क्लिनिकहरुमा पाउन सकिन्छ ।
औषधी व्यवस्था विभागकै मिलेमतोमा पशुपन्छीका औषधी आयात गर्ने आयातकर्ताहरुले गैरकानूनी ढंगले औषधी आयात गरेका मात्र होइन, नेपालम प्रतिवन्धित औषधीहरु पनि विक्री वितरण भईरहेको देखिन्छ ।
पछिल्लो समयमा वर्डफ्लुका विरुद्ध भन्दै कुखुरा पालन गरिरहेका किसानका फार्ममा त्यस्ता औषधी तथा भ्याक्सिनहरु पुग्न थालेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यान दिन नसक्दा किसानहरु मारमा परेका छन् ।
त्यसमाथि पनि किसानहरुलाई चर्को मूल्य लिएर पशु औषधीहरु विक्री वितरण भईरहँदा पनि सरोकारवाला निकाय औषधी व्यवस्था विभाग कानम तेल हालेर बसिरहेको देखिन्छ ।
पशुपन्छी औषधी आयात तथा विक्री वितरण गर्दै आईरहेका एग्रोभेट तथा भेटेरीनरी क्लिनिक सञ्चालन गरिरहेको व्यवसायीहरु त्यही कारण पनि पछिल्लो समयमा बदनाम हुँदै गईरहेको देखिन्छ । विगतका वर्षहरुमा केही ठूला व्यवसायीहरु गैरकानूनी ढंगले औषधी ल्याएकै कारण विवादमा परेर प्रहरीको फन्दामा पनि परेका थिए ।
अहिले पनि पशुपन्छीको औषधी भन्दै ख्याल नगरिएका कारण किसानहरुलाई लुट्ने काम जारी भईरहेको देखिन्छ । नेपालमा दर्ता नभएका र प्रतिवन्धित औषधीहरु खुल्लमखुल्ला विक्री भईरहेको र कसरी आयात भईरहेको छ भन्ने विषयमा पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष चित्रबहादुर गुरुङ्गले आपूmलाई सो विषयमा जानकारी नभएको बताए । वर्डफ्लुको औषधी आफूले नबेचेको भन्दै अरु के गरिरहेका छन् भन्ने कुरामा बोल्न नमिल्ने उनको भनाई थियो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १९, २०७५