शनिबार, बैशाख ८, २०८१

२० वर्षदेखि ऐन कार्यान्वयन भएन, अवैधानिक रुपमा पशु भित्रँदै

काठमाडौं, चैत्र । तात्कालिन श्री ५को सरकारले २० वर्ष अगाडि ल्याएको पशु स्वास्थ्य था पशु सेवा ऐन २०५५ हालसम्म पनि कार्यान्वयन हुन सकिरहेको छैन ।
सो ऐन कार्यान्वयन नहुँदा भारतबाट अवैधानिक किमिसले पशुपन्छी आयात भईरहेको छ । सरकारले नेपाल भित्रकै एक जिल्लाबाट अर्को जिल्लामा पशुहरु आयात वा पैठारी गर्दा समेत पशु क्वारेण्टाइनको प्रमाण पत्र अनिवार्य छ । त्यसो नगरिए त्यस्ता पशुहरु जफत गर्ने गरिएका धेरै उदाहरणहरु छन् ।
तर घत लाग्दो कुरा के हो भने नेपालको एक जिल्लाबाट अर्को जिल्लामा पशु पैठारी वा आयात गर्दा क्वारेण्टाइन अनिवार्य गर्ने नभए ५ हजार जरिवाना गराउने गरिएको छ । तर ऐन विपरिात भारतबाट अर्वौ बराबरको पशु आयात गर्दा समेत क्वारेण्टाइनको प्रमाण पत्र हेर्न सकेको छैन किन ?
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ पशु क्वारेण्टाइन कार्यविधि २०६४ र पशु ढुवानी मापदण्ड २०६४ ले स्पष्टसँग पशु पैठारी वा आयात गर्दा अपनाउनु पर्ने कार्य विधि लागू गर्नु पर्ने भएपनि हालसम्म किन भएन ।
त्यही कार्यका लागि भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग मातहमा भारतको सिमामा २८ वटा क्वारेन्टाईन तथा चेकपोष्ट खडा गरिएको भएपनि ऐन कार्यान्वयन गराउने काम गरिएको पाईदैन ।
ऐन अनुरुप भारत तथा अन्य मुलुकबाट आयात गरिने पशुको स्वास्थ्य ठिक छ वा छैन स्वास्थ्य परिक्षण गरेर मात्र आयात गर्नका लागि एनेको दफा ५ ले योग्यता पुगेका कम्तिमा स्नाक गरेको पशु चिकित्सक अनिवार्य पशु क्वारेन्टाईन चेकपोष्टमा खटाउनु पर्ने व्यवस्था गरेको भएपनि अधिकांश चेकपोष्टमा योग्यता पुगेका कर्मचारी खटाइएको पाईदैन । जसका कारण भारतबाट ल्याइने पशुहरु विना स्वास्थ्य जाँच नेपालमा भित्रिरहेका छन् । परिणाम पछिल्ला समयमा भारतबाट आयातित पशुपन्छीबाट नै विभिन्न खाले रोगहरु भित्रन थालेको पशु चिकित्सकहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५