शुक्रबार, चैत्र १६, २०८०

किसान एग्रोमा शिलवन्दी गरी अनुसन्धान शुरु

वीरगञ्ज, फागुन । कृषि सम्वन्धि सामग्री एवं विषादी समेत आयात गरी विक्री वितरण गर्दै आईरहेको वीरगञ्जमा रहेको किसान एग्रो केमिकल्सको गोदाम भनिएको कारखानामा पर्सा जिल्ला प्रशासन कार्यालयले शिलवन्दी गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

किसान एग्रो केमिकल्सले अवैधानिक रुपमा गैरकानूनी ढंगले जैविक मल उत्पादन तथा विक्री वितरण, कीटनाशस विषादी, भिटामिन उत्पादन गर्ने गरेको भेटिएको छ ।
साईनबोर्ड नराखेको, नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदामबाट समान बिक्री गर्ने गरिएको तर इजाजत नभएको, तयारी बस्तु तथा म्याद नाघेका बस्तु एकै ठाउँमा राखिएको र गोदाममा रि(प्याकिङ गर्ने गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २८, २०७५